सहमतिमै नियमावली ल्याउन दौडधुप
काठमाडौं ५ असार ।
व्यवस्थापिका–संसदको नियमावली सहमतिमा बनाउन सभामुख ओनसरी घर्तीले दिएको ५ दिने म्याद आज सकिदैछ । प्रमुख दलहरुबीच सहमति जुटि नसके पनि नेताहरुबीच दौडधुप भने जारी छ । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार बिहान यसबारे बालुवाटारमा छलफल भयो । त्यसअघि नै सहमति जुटाउने कार्यदलका संयोजकहरु एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र कांग्रेस नेता कृष्ण सिटौलाबीच पनि वार्ता भएको थियो ।
‘हामी चरण–चरणको भेटघाट र वार्तामा तल्लीन छौं’, अघिल्लो दिन शुक्रबारदेखि नै दलका नेताहरुबीच नियमावलीका विषयमा गम्भीर कुराकानी भइरहेको जानकारी दिंदै नेम्वाङले शनिबार साँझ कान्तिपुरसँग भने, ‘ठ्याक्कै निर्णयमा पुगिसकेका छैनौं । तर, परिणाम सकरात्मक पाउनुहुनेछ ।’ सिटौलाले पनि सहमतिमै टुंग्याउने गरी गृहकार्य भइरहेको जानकारी दिए । ‘सिंगो संसद संचालन सहमतिमै भइआएको छ भने नियमावलीमा के अल्झिरहनु भन्नेमा सबै पुगेका छन्’, सिटौलाले भने ।
७ महिनादेखि संसद पुरानै नियमावली अनुसार चल्दै आएको छ । नियमावलीभित्र रहने सुनुवाई समिति नयाँ संविधानमा उल्लेख भएअनुसार १५ सदस्यीय हुने कि अहिले भइरहेकै ७५ सदस्यलाई कायम राख्ने भन्नेमा सत्तापक्ष र विपक्षी कांग्रेसबीच मतभेद हुदै आएको हो । सोही विषय टुंग्याउन सभामुख ओनसरी घर्तीले दलका नेताहरुलाई दवाव दिंदै आएकी छन् ।
यही क्रममा उनले बुधबारको संसद बैठकमा सहमतिमा विवाद टुंग्याउन भन्दै ५ दिनको समय दिइ आइतबारलाई संसद बैठक बोलाएकी हुन् । खासगरी प्रमुख ३ दलका नेताहरुले अन्तिम पटक आग्रह गरेको उल्लेख गर्दै घर्तीले संसदको बैठकमा नियमावलीसम्बन्धी कार्यसूची झिकेर आइतवारको बैठकलाई सारेकी हुन् । ‘सहमतिमा नियमावली ल्याउन यो अन्तिम मौका हो भनी सभामुखज्यूले प्रमुख नेताहरुलाई भन्नुभएको छ । आइतवारको बैठक अघि सम्म सहमति नभए प्रक्रिया अघि बढ्नेछ,’ सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले भने । संसद बैठक आइतवार ११ बजे बोलाइएको छ ।
प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा विभिन्न विकल्पमा नियमावलीबारे छलफल भएको थियो । हाल भइरहेको ७५ सदस्यीय सुनुवाई समितिका सभापतिमा कांग्रेस सांसद कुलबहादुर गुरुङ्ग छन् । कांग्रेसले १५ सदस्यीय सुनुवाई समिति गठन भएमा समेत आफ्नै दलको सभापति हुनुपर्ने अनौपचारिक प्रस्ताव राखेको छ । तर, एमालेले भने प्रमुख विपक्षीले सार्वजनिक लेखा समितिको नेतृत्व लिन सक्ने भन्दै सुनुवाई समितिको अध्यक्षता नछोड्ने बताउदै आएको छ ।
हाल लेखा समितिमा सभापति सत्तापक्ष माओवादी केन्द्रका नेता जनार्दन शर्मा छन् । कांग्रेस नेतृत्वको सरकार भएका बेला समितिहरुको नेतृत्व छान्दा लेखा समिति तत्कालीन एमाओवादी र सुनुवाई समिति कांग्रेसको भागमा परेको थियो ।
त्यसबाहेक न्याय परिषद सदस्य, न्यायाधीश र राजदूत नियुक्तिमा सत्तापक्षले समन्वय नगरको भन्दै कांग्रेसले आपत्ति जनाउदै आएको छ । प्रधानमन्त्री ओलीसँगको भेटमा देउवाले पटक–पटक नियुक्तिलाई न्यायोचित बनाउनुपर्ने अडान राख्दै आएका छन् । यी सबै पृष्ठभूमिमा कांग्रेसले सुनुवाई समितिको संख्यामा सत्तापक्षको भन्दा बेग्लै अडान राख्दै आएको हो ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


