सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी
काठमाण्डौ । सेरेस नेपालले असार १२ गतेदखि सुरु भएर १८ गतेसम्म सञ्चालन हुने “मनसुन एक्सचेन्ज क्याम्प”को आधिकारिक सुरुवात गरेको कम्पनिले बताएको छ, जस अन्तर्गत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू उच्चतम मूल्यमा एक्सचेन्ज गर्दै सेरेस ३ मा अपग्रेड गर्ने सुनौलो अवसर पाउने बताइएको छ । यो क्याम्प ग्राहकलाई दिगो र भविष्य मैत्री गाडी रोज्नका लागि अधिकतम मूल्य प्रदान गर्न तयार गरिएको पनि कम्पनिले बताएको छ।
यस लिमिटेड-टाइम इनिसियटिभको क्रममा सेरेसले ग्राहकहरू लाई उनीहरूसँग हाल रहेको सवारी साधनको लागि इन्डस्ट्रीकै बेस्ट मूल्य प्राप्त गर्ने सुनिश्चितताका लागि धेरै फाइदाहरू प्रदान गरिरहेको जनाइएको छ । यो सँगै क्याम्पेनमा आकर्षक एक्सचेन्ज बोनस, अटोप्लसबीमा, प्रिमियम एक्सेसरिज र विशेष नगद छुट लगायतका अफरहरू समावेश छन् । जुन सबै सेरेस ईभीमा ट्रान्जिसनलाई अझ फाइदाजनक र पहुँच योग्य बनाउनका लागि डिजाइन गरिएको बताइएको छ।
आफ्नो आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र भरपर्दो पर्फर्मेन्सका लागि परिचित सेरेसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवैस्तरमा आफ्नो क्षमता लगातार प्रमाणित गरिरहेको जनाइएको छ। नेपालमा यसको सेरेस ३ मोडलले आफ्नो शक्ती र इन्जिनियरिंग उत्कृष्टताको सशक्त उदाहरण पेश गर्दै ४,४६० मिटरउचाइको कठिन कोरलानाका पारगरेर इतिहास बनाएको कम्पनिले बताएको छ। अन्तर्राष्ट्रिय रूपमा पनि यो मोडलले इन्डोनेसियाको “२०२५ पेरिक्लिन्डोइलेक्ट्रिक भेइकलशो ” मा तीन वटा “बेस्टईभी” अवार्ड जितेर आफूलाई त्यसक्षेत्रकै अग्रणीईभीको रूपमा पुनस् प्रमाणित गरेको बताइएको छ। सेरेसचीनका नाफा कमाइरहेका गाडी निर्माता कम्पनीहरू मध्ये एक हो। यी सफलता सँगै, सेरेसले नेपालको बढ्दोईभी बजारमा अन्तर्राष्ट्रिय भरोसा र दीर्घकालीन विश्वासपनि सँगै लिएर आएको छ।
यो योजना नेपालभरका सबै आधिकारिक सेरेस शोरूमहरूमा असार १२ गते देखि १८ गते सम्म उपलब्ध हुने बताइएको छ ।
सम्बन्धित समाचार
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

