रौतहटमा सर्पको टोकाईवाट दुईजनाको मृत्यु
सञ्जय मिश्रा
रौतहट । रौतहट जिल्लामा सर्पको डसाइबाट दुई जनाको मृत्यु भएको छ। गर्मी मौसमसँगै सर्पदंशका घटनाहरू बढ्न थालेका छन् भने जनजीवनमा त्रास फैलिएको छ।
पहिलो घटना कटहरिया नगरपालिका–५, कटहरिया पानी टंकी टोलमा भएको हो। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख, वरिष्ठ सई विनोध राना मगरका अनुसार स्थानीय २५ वर्षीया रिंकु देवी साहको सर्पदंशबाट मृत्यु भएको हो।
रिंकु देवीलाई आज बिहान घरअगाडि बाटोमा थुपारिएको माटो निकाल्ने क्रममा विषालु सर्पले डसेको थियो। घाइते अवस्थामै उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
हालसम्म कुन प्रजातिको सर्पले डसेको हो भन्ने पहिचान हुन सकेको छैन।
त्यस्तै दुईदिन अघि ईशनाथ नगरपालिका–६, पलटुवा टोलमा सर्पदनस बाट एकजनाको मृत्यु भएको थियो।
स्थानिय सरफुद्दीन भाइका जेठो छोरा कमरुदिन सर्पदंशको शिकार भएका थिए।
घटनाबारे विस्तृत विवरण नआए पनि डसाइपछि उनको ज्यान गएको पुष्टि भएको छ।
यी दुई घटनाले रौतहट जिल्लामा सर्पदंशको जोखिम गम्भीर बन्दै गएको संकेत गर्छ। स्थानीय बासिन्दा चिन्तित छन् भने स्वास्थ्य तथा सुरक्षा निकायलाई थप सक्रियता देखाउनुपर्ने अवस्था आएको छ।
विशेषज्ञहरूले आग्रह गरेका छन् कि:
सर्पदंशको घटना भए तुरुन्त अस्पताल पुर्याउनुपर्छ।
घर वरपरको झारपात हटाउनु, गारो फोहर व्यवस्थापन गर्नु र सुरक्षात्मक कपडा लगाउनु जरुरी छ।
सर्प देखिएमा आफैं नियन्त्रण गर्न नखोजी सम्बन्धित निकायलाई खबर गर्नु उपयुक्त हुन्छ।
सम्बन्धित समाचार
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

