आफ्नै श्रीमतीको हत्या गरि फरार ३ बर्ष पछि पक्राउ
सञ्जय मिश्रा
रौतहट १६ असार। आफ्नै श्रीमतीको जघन्य हत्यागरी तिनबर्ष देखि फरार रहेका एकजना अभियुक्त लाई रौतहट स्थित प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका जघन्य हत्याका अभियुक्त ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी फैयाद मियाँ मन्सुरी रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले न्युज कारखानालाई बताए । २०७८ माघ २६ गते बिहान करिब १०:४५ बजे ईशनाथ नगरपालिका ४ मठीया टोलस्थित भगाई साहको गहुँको खेतमा २० वर्षीया युवतीको शव फेला परेको थियो।
मृतक युवतीको नाम श्रीमती चाँदनी मन्सुरी रहेको र उनको घाँटी सालले बेरिएको, मुखमा साल कोची जघन्य हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।
उक्त घटनामा संलग्न रहँदै फरार रहेका मृतकका श्रीमान फैयाद मियाँ मन्सुरीलाई प्रहरीले विशेष सूचनाका आधारमा गत १३ गते पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दिपककुमार राय द्वारा आज जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।
मन्सुरले के कारणले आफ्नै श्रीमतीको हत्या गरेको बारे प्रहरीले खुलाएको छैन।
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

