टीएम१ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै : नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि
काठमाडौँ । “कमाइको राजा” भनेर परिचित टीएम१ ले नेपालभरिका विभिन्न साना तथा मझौला व्यवसायहरूमा १०० भन्दा बढी युनिटहरू सफलतापूर्वक सञ्चालनमा ल्याएर एक महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइएको छ। नेपाली व्यवसायीहरूबीच टीएम १ को बढ्दो लोकप्रियता र विश्वास झल्काउने यस विशेष उपलब्धिलाई केक काट्ने कार्यक्रममार्फत उल्लासपूर्वक मनाएको जनाइएको छ।
एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ता, सेल्स हेड नविन आचार्य, मार्केटिङ प्रमुख प्रकाश सुवेदी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले कार्यक्रममा थप उत्साह र ऊर्जा भरेको थियो।
टीएम१ आजको दिनमा नेपालमा केही अर्थपूर्ण काम गर्ने र आफ्नै व्यवसायिक यात्रा सुरु गर्ने चाहना राख्नेहरूका लागि पहिलो रोजाइको सवारी बनेको कम्पनीको दाबी रहेको छ। कम्पनीका अनुसार, चाहे ताजा तरकारी बजारमा पुर्याउन होस् वा पानी, दूध, ग्यास सिलिन्डर जस्ता दैनिक उपभोग्य सामान वितरण गर्न होस्, टीएम१ को भरपर्दो प्रदर्शन, उच्च दक्षता र नेपाली आवश्यकता अनुसारको डिजाइनमार्फत आफूलाई एक सक्षम व्यवसायिक सवारीको रूपमा प्रमाणित गरेको छ।
व्यवसायीलाई आफ्ना आवश्यकता अनुसार छनोट गर्न सहज बनाउने गरी टीएम १ दुई फरक साइजका लोडिङ डेक (८ फिट र १० फिट) मा उपलब्ध छ। विश्वकै नम्बर १ सिएटीएल ब्याट्रीबाट सञ्चालित यस इलेक्ट्रिक सवारीले २८० किमी एनइडिसी रेन्ज प्रदान गर्छ, जसले गर्दा यो शहरी डेलिभरीका लागि विशेष उपयुक्त मानिने कम्पनीले बताएको छ। कम्पनीका अनुसार, एमएडब्लू वृद्धिको भरपर्दो सर्भिसका कारण टीएम१ ले कम मर्मत खर्चमै अत्यधिक फाइदा दिने सवारीको रूपमा निरन्तर आफूलाई प्रमाणित गरिरहेको छ।
नेपालभरि साना तथा मध्यम व्यवसायहरूलाई सशक्त बनाउँदै अघि बढिरहेको टीएम१ का लागि यो उपलब्धि भविष्यमा आउने थुप्रै सफलताका कथाहरूको केवल सुरुवात भएको कम्पनीले जनाएको छ।
एमएडब्लू वृद्धि कमर्सियलको बारेमा
एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रा. लि. नेपालका व्यावसायिक सवारी साधनहरूको क्षेत्रमा एक प्रमुख संस्था हो, जसले भरपर्दो, शक्तिशाली र इनोभेटिभ मोबिलिटी सोलुसन्स प्रदान गर्दै आएको बताइएको छ।
कम्पनीका अनुसार, नेपालका लागि फोटोन ब्रान्डका व्यावसायिक सवारीहरूको आधिकारिक वितरकको रूपमा कम्पनीले नेपाली सडक र व्यवसायहरूको विविध आवश्यकतालाई पूरा गर्न विश्वस्तरीय प्रविधि र इन्जिनियरिङ्ग प्रस्तुत गर्दै आएको छ।
ग्राहक सन्तुष्टि, आफ्टर सेल्स सर्भिस र दीर्घकालीन मूल्यमा केन्द्रित रही एमएडब्लू वृद्धि नेपालको व्यावसायिक यातायात क्षेत्रमा प्रगति र प्रदर्शनमा उल्लेखनीय योगदान पुर्याउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।
सम्बन्धित समाचार
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

