काठमाडौंका दुई स्थानमा सिटिजन्स बैंकद्वारा ईभी चार्जिङ स्टेशन सञ्चालनमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वातावरणमैत्री रणनीतिअन्तर्गत काठमाडौं उपत्यकाका दुई प्रमुख स्थान—नारायणहिटी पथ र कमलादीस्थित आफ्नै भवनको प्रांगणमा आधुनिक इलेक्ट्रिक भेइकल (ईभी) चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ।
‘गाडी चार्ज प्रा.लि.’सँगको सहकार्यमा स्थापना गरिएको सीसीटीयू सिंगल गन प्रविधियुक्त चार्जिङ स्टेशनको क्षमता ४० किलोवाट रहेको छ। विहिबार एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले चार्जिङ स्टेशनहरूको उद्घाटन गरेका हुन्।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख कार्यकारी पोखरेलले वातावरणीय संरक्षणमा सघाउ पुर्याउने उद्देश्यले इभी चार्जिङ पूर्वाधार विस्तार गर्ने रणनीति अघि सारिएको जानकारी दिए । उनका अनुसार आगामी दिनमा देशका सातै प्रदेशमा बैंकका आफ्नै भवनमा यस्ता चार्जिङ स्टेशनहरू स्थापना गरिनेछ।
चार्जिङ स्टेशनहरू सर्वसाधारण, ग्राहक तथा इभी प्रयोगकर्ताहरूका लागि सहज रूपमा उपलब्ध हुनेछन्। सिटिजन्स बैंकले आधुनिक प्रविधियुक्त उपकरणमार्फत छरितो, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। यस पहलले दिगो ऊर्जा उपयोग, प्रदूषण न्यूनीकरण तथा जलवायु संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। बैंकले यसअघि पनि वातावरणीय अभियान अन्तर्गत सातै प्रदेशमा १,८०० भन्दा बढी विरुवा रोपण गरिसकेको बताइएको छ।
सम्बन्धित समाचार
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

