Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

कैलालीमा १५ बर्षिया बालिकामाथि जबरजस्ती गर्ने पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, श्रावण, १९
कैलालीमा १५ बर्षिया बालिकामाथि जबरजस्ती गर्ने पक्राउ

कैलाली । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–५ अण्डैया शिसु सुधार टोल बस्ने ३१ वर्षीय भरत बुढालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, भरतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स