भृकुटीमण्डपमा शुरु भयो नाइमा नेपाल मोबिलिटी एक्स्पो
काठमाडौं । नेपाल अटोमोबाइल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन (नाइमा) को आयोजनामा गरिएको सवारी साधनहरुको मेला नाइमा नेपाल आजदेखि काठमाडौंको भृकुटीमण्डपमा मोबिलिटी एक्स्पो २०२५ को शुरु भएको छ ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले एक्सपो उदघाटन गर्दै अटोमोबाइल क्षेत्रमा नेपालले प्रगति गरिरहेको बताए । उनले भृकुटीमण्डपमा बृहत प्रदर्शनीस्थल बनाउन सरकारले बजेट छुट्याएको भन्दै ३ वर्षभित्र आधुनिक प्रर्दशनीस्थल निर्माण सम्पन्न गरिसक्ने पनि जानकारी दिए ।
नेपाल अटोमोबाइल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितुसिंह वैद्यले अटोमोबाइल क्षेत्रले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको स्पष्ट पारिन । अटोमोबाइल क्षेत्र नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको महत्त्वपूर्ण इन्जिन भएको उनको दावी थियो ।
एक्स्पोमा दुईपांग्रे १५, चारपांग्रे १५ र व्यावसायिक ५ गरी ३५ नयाँ मोडलका गाडी सार्वजनिक गरिने छ भने विभिन्न ब्रान्डमा आकर्षक छुट अफर दिइएको छ। एक्स्पोमा बीवाईडी, एमजी, ओमोडा, फोर्थिङ लगायत ३५ नयाँ सवारी सार्वजनिक गरिने नाइमाले जनाएको छ ।
एक्स्पोमा विभिन्न ब्रान्डका ईभीहरू मुख्य आकर्षण बन्ने बताइएको छ । एक्स्पोमा मेलामा प्यासेन्जर कारतर्फ टोयोटा, एमजी, बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, केई, किया, लिपमोटर, एलएस अटो, महिन्द्रा, म्याक्सस, माज्दा, मित्सुविशी, निसान, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, फक्सवागन र जिकरको स्टल रहेका छन् । यी वाहेक मेलामा विभिन्न अन्तरक्रियात्मक कार्यक्रम र अन्य विभिन्न जानकारीमूलक कार्यक्रम हुनेछ ।
सम्बन्धित समाचार
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
चेरी वान्डाका ईभी भ्यान, बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पोमा
“एट्टो सिरिज” को न्यु जेनेरेसन नेपालमा, बीवाईडीले नाइमा एक्सपोमा सार्वजनिक गर्यो अपडेट मोडल
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?



