प्रोटिनको कमी पूरा गर्न मासु र अन्डा खाना छैन् आवश्यक, यी शाकाहारी खानेकुरा खानुहाेस्
काठमाडौं । जब शरीरमा प्रोटिनको कमी हुन्छ तव तपाइको शरिर कमजोर हुन सक्छ । उसो भए प्रोटिनको कमीलाई कसरी पूर्ति गर्ने ? भन्ने सल्लाह दिदाँ धेरै मानिसहरूले अण्डा वा मासु खान सल्लाह दिन्छन्।
तर, मासु र अन्डा नहुदाँ शाकाहारी खानावाट पनि प्रोटिन पाइन्छ भन्ने कुरा जान्नु पनि उत्तिकै जरूरी छ । उसो भए जानौं न त, कुन खानेकुराहरू बढी मात्रामा प्रोटिनयुक्त रहेका छन, जसलाई तपाईंले आफ्नो खानपिनमा प्रोटीन परिपुर्तिका लागि समावेश गर्न सक्नुहुन्छ।
त्यसैले ढिलो नगरी जानौं ती सुपर फूडका बारेमा, जसले मधुमेहका बिरामी र रगतमा चिनीको मात्रा नियन्त्रणमा रहने छन्।
सोयाबिन
सोयाबिन प्रोटिनको स्रोत प्रमुख मानिन्छ किनभने जसवाट तपाईले १०० ग्राममा लगभग २९ ग्राम प्रोटीन प्राप्त गर्न सक्नुहुन्छ।
हरियो केराउ
हरियो केराउ एक प्रकारको तरकारी हो, जसमा १०० ग्राममा करिब ९ ग्राम प्रोटिन हुन्छ। रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन केराउमा म्याग्नेसियम र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ।
चना
चना एक प्रकारको दाल हो, जसको १०० ग्राममा करिब १९ ग्राम प्रोटिन हुन्छ। यसले मांसपेशी बलियो बनाउन पनि काम गर्छ।
बदाम
बदाम एक प्रकारको नट हो, जसको १०० ग्राममा लगभग २० ग्राम प्रोटीन हुन्छ। यसले तपाईको शरीरलाई धेरै किसिमले फाइदा पुर्याउँछ।
तोफु
एक प्रकारको सोयाबिनको परिष्कृत उत्पादन हो, जसमा १०० ग्राममा लगभग २० ग्राम प्रोटिन हुन्छ।
राजमा
राजमा एक प्रकारको दाल हो, जसको १०० ग्राममा तपाईको शरीरले लगभग २२ ग्राम प्रोटिन प्राप्त गर्न सक्छ।
क्वाटी
क्वाटी एक बिरुवामा आधारित प्रोटिन हो, जसले १०० क्वाटीमा लगभग २५ ग्राम प्रोटीन हुन्छ।
नटस
यी प्रोटिनको राम्रो स्रोत हो । जस्तो कि तपाईको शरीरले ३० ग्राम बदाममा ८ ग्राम प्रोटिन, ३० ग्राम ओखरमा ४ ग्राम प्रोटिन र ३० ग्राम हेजलनटमा ४ ग्राम प्रोटिन पाउन सकिन्छ ।
यो ध्यानमा राख्नु महत्त्वपूर्ण छ कि प्रोटिन आवश्यकताहरू व्यक्तिको उमेर, लिङ्ग र शारीरिक गतिविधिमा धेरै भर पर्ने गर्छ ।
सम्बन्धित समाचार
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

