नाडा अटो शोमा सेरेसको विशेष थ्री एक्स अफर सार्वजनिक : ६ लाखसम्मको लाभ
काठमाडौं । यो वर्षको नाडा अटो शोलाई अझ विशेष बनाउन सेरेसले केवल प्रदर्शनी अवधिभर लागू हुनेगरी आफ्नो विशेष थ्रीएक्स अफर ल्याएको छ। ग्राहकलाई बढी मूल्य र निश्चिन्तता दिने उद्देश्यले ल्याइएको यो अफरले सेरेसको स्वामित्वलाई अझ सजिलो र लाभदायी बनाउँने कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत ग्राहकले तीन किसिमका विशेष सुविधा पाउनेछन्। पहिलो, ३ वर्षको पूर्ण बीमा सुविधा, जसले गाडी स्वामित्वलाई झन्झटरहित बनाउनेछ। दोस्रो, खरिदमा ३ गुणासम्म नगद छुट, जसले खरिदलाई अझ किफायती बनाउनेछ। तेस्रो, बुकिङ रकमलाई ३ गुणा बराबरको फाइदा दिने व्यवस्था गरिएको छ। यसरी ग्राहकले अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्ने कम्पनीले बताएको छ।
कम्पनीका अनुसार, यो अफर केवल नाडा अटो शोका लागि मात्र मान्य हुने भएकाले अटोमोबाइल मन पराउनेहरूका लागि सेरेस ब्रान्डका आकर्षक गाडीहरू नजिकैबाट अवलोकन गर्ने यो अनुपम अवसर हुनेछ।
सेरेसले यस अफरसँगै आफ्ना अत्याधुनिक गाडीहरू पनि प्रदर्शनीमा प्रस्तुत गरेको छ। कम्पनीले नेपाली बजारका लागि सेरेस ३ इलेक्ट्रिक एसयूभी देखाएको छ, जुन आधुनिक डिजाइन, प्रविधि र वातावरणमैत्री प्रदर्शनसहित तयार गरिएको छ। यसलाई भविष्यको मोबिलिटीको प्रतिकका रूपमा प्रस्तुत गरिएको छ।
कम्पनीका अनुसार, सेरेस नेपालले यसअघि कोरालापास हुँदै ४,६६० मिटर उचाइमा अवस्थित लोमान्थाङसम्मको कठिन यात्रा सफलतापूर्वक पूरा गरेर इतिहास रचिसकेको छ। यस यात्राले सेरेसको प्राविधिक क्षमता र नेपालको भौगोलिक अवस्थालाई सहजै सामना गर्न सक्ने क्षमता प्रमाणित गरेको कम्पनीको दाबी रहेको छ।
नाडा अटो शोमा आगन्तुकहरूले सेरेसको स्टलमा पुगेर गाडी अवलोकन गर्न, टेस्ट ड्राइभ अनुभव गर्न र सीमित अवधिको अफरमार्फत विशेष सुविधा पाउन सक्नेछन्।
सम्बन्धित समाचार
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

