Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न महिला पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, भाद्र, ५
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न महिला पक्राउ

पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन्  । गोरखा, गोरखा नगरपालिका–४ बस्ने २८ वर्षीया सरिता सिर्मललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सरिताले पीडितहरूलाई विभिन्न प्रलोभन देखाई ललाई फकाई हेटौंडाबाट वीरगंज हुँदै भारतको रक्सौलतर्फ लैजान लागेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडकबाट पक्राउ गरेको हो ।

साथै, प्रहरीले तीन जना पीडितहरूलाई उद्दार समेत गरेको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स