फोटोन ई–टुनल्यान्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिक : नाडा अटो शोमा सार्वजनिक
काठमाडौं । नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लु कमर्सियलले एक कार्यक्रमका बिच नयाँ पिकअप ई–टुनल्यान्ड सार्वजनिक गरेको बताएको छ । राजधानीको भृकुटीमण्डमा जारी नाडा अटो शो २०२५ मा सो पिकअप सार्वजनिक गरिएको छ ।
टुनल्यान्ड जी७ को सफलतापछि फोटोनले यस वर्षको नाडा २०२५ मा शक्ति, दक्षता र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन भएको आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक पिकअप ई–टुनल्यान्ड प्रस्तुत गरेको जनाएको छ। कम्पनीका अनुसार, यो ई–टुनल्यान्ड पिकअपमा फोटोनको विश्वसनीय मजबुती र विश्वकै अग्रणी ईभी ब्याट्री निर्माता सीएटीएलको अत्याधुनिक प्रविधि जोडिएका छन्।
विश्वकै नं.१ ब्याट्री ब्रान्ड – सीएटीएलद्वारा संचालित
ई–टुनल्यान्डको केन्द्रमा तेस्रो पुस्ताको ८८ किलोवाट आवर क्षमताको सीएटीएल लिक्विड–कुल्ड लिथियम ब्याट्री रहेको छ, जुन प्रविधि आज विश्वका अग्रणी ईभी ब्रान्डहरूले प्रयोग गर्दै आएका छन्। विश्वभर अन्य ब्याट्री कम्पनी भन्दा धेरै सङ्ख्यामा ईभी सञ्चालनमा ल्याउन सफल सीएटीएलको यो प्रविधिले उत्कृष्ट सुरक्षा, विश्वसनीयता र लामो समयसम्म चल्ने सुनिश्चितता दिन्छ। यसै विश्वस्तरीय ब्याट्री मार्फत ई–टुनल्यान्ड ले ३५० किमी (WLTP) को ड्राइभिङ रेन्ज प्रदान गर्छ र ब्याट्रीमा ८ वर्ष/४,००,००० किमी र PEU/ड्राइभिङ मोटरमा उपलब्ध ५ वर्ष/२,००,००० किमीको वारेन्टीले गाडी किनेपछि पनि निश्चिन्तता दिन्छ।
नयाँ ई–टुनल्यान्ड विशेष नाडा अफर मूल्य रु. ६८,९९,००० मा उपलब्ध हुनेछ (सामान्य मूल्य रु. ६९,९९,०००)। यसमा १३० किलोवाटको मोटर छ र ३५० एनएम टर्क प्रदान गर्दै बलियो पर्फर्मेन्स दिन्छ। ३० प्रतिशत ग्रेडेबिलिटीका साथ यस पिकअपले उकालो बाटो सजिलै चढ्न सक्छ। सेगमेन्ट-बेस्ट ८८.०२ किलोवाट सीएटीएल ब्याट्रीमार्फत उपलब्ध ४३० किमी (NEDC) को रेन्जले यसलाई दैनिक व्यवहारदेखि लामो यात्रासम्म उपयुक्त बनाउँछ।
ई–टुनल्यान्ड सबै प्रकारका परिस्थितिमा उत्कृष्ट प्रदर्शन गर्न तयार रहेको बताइएको छ। २०० मिमि ग्राउन्ड क्लियरेन्स र ठूला २६५/६५आर १७ टायरसहित यसले असजिला बाटोहरू सहजै पार गर्छ र स्थिर तथा आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्छ। १५२० x १५८० x ४४० मिमिको विशाल कार्गो साइजले भारी सामान ढुवानीलाई सजिलो बनाउँछ, जसले यसलाई काम र लाइफस्टाइल दुवैका लागि भरोसायुक्त साधन बनाउँछ।
कम्पनीका अनुसार, शक्ति, क्षमता र आधुनिक डिजाइनको अद्वितीय मेलसहित आएको ई–टुनल्यान्डले नेपालमा इलेक्ट्रिक पिकअपको नयाँ युग सुरु गर्दैछ। वातावरणमैत्री प्रविधि, उच्च सुरक्षा र बलियो निर्माणसहित यसले ईभी बजारमा नयाँ मापदण्ड कायम गर्दै ग्राहकलाई भविष्य–उन्मुख ड्राइभिङको अनुभव दिने कम्पनीको दाबी रहेको छ।
एमएडब्लू वृद्धि कमर्शियलका बारेमा
एमएडब्लू वृद्धि कमर्शियल नेपालका लागि फोटोनको अधिकृत वितरक हो, जसले व्यावसायिक सवारीसाधन, यात्रुवाहक सवारीसाधन तथा न्यू इनर्जी सोलुसन्समा विशेषज्ञता हासिल गरेको बताइएको छ। कम्पनीका अनुसार, गुणस्तर, दिगोपन र इनोभेसनप्रति समर्पित एमएडब्लू वृद्धि कमर्शियलले विश्वस्तरीय फोटोन उत्पादनहरूलाई आफ्नो व्यावसायिक आफ्टर सेल्स सर्भिस र देशव्यापी फैलिएको नेटवर्कसहित नेपालमा प्रस्तुत गरिरहेको छ। व्यवसायिक गतिबिधिलाई निरन्तर गतिशील बनाउन अग्रसर एमएडब्लू वृद्धि कमर्शियलले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ मानकहरू स्थापित गर्दै आइरहेको जनाइएको छ।
सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

