एलआरआर मोटर्सद्वारा वरिष्ठ क्याप्टेन विजय लामा ‘जेवाई एयर ईभी’ का ब्राण्ड एम्बासेडर नियुक्त
काठमाडौं । एलआरआर मोटर्स्ले शुक्रबार वरिष्ठ क्याप्टेन विजय लामासँग साझेदारीको घोषणा गर्दै उनलाई एभियसन–थीममा आधारित जेवाई एयर विद्युतीय सवारीसाधन (ईभी) का लागि ब्राण्ड एम्बासेडर नियुक्त गरेको बताइएको छ।
नाडा अटो शोको चौथो दिनमा आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रमलाई विमाननको सुरक्षा र प्रविधिलाई नेपाली सडकमा दिगो गतिशीलतासँग जोड्ने एक महत्वपूर्ण कदमका रूपमा लिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले भने, “आजको दिन केवल साझेदारीको सुरुवात मात्र होइन, बरु एउटा दूरदृष्टि उजागर भएको क्षण हो। जेवाई एयर ईभीले विमान प्रविधिबाट प्रेरित नवप्रवर्तन, सुरक्षा र दिगोपनाको प्रतिनिधित्व गर्छ।”
वरिष्ठ क्याप्टेन विजय लामाले जेवाई एयर ब्राण्डले अँगालेका विश्वास, अनुशासन र उत्कृष्टताको प्रतिनिधित्व गर्ने विश्वास ब्यक्त गरे ।
वरिष्ठ क्याप्टेन विजय लामाले जेवाई एयरको संलग्नतामार्फत उडानको आत्मालाई सडकमा ल्याउन पाउँदा उत्साहित भएको बताए ।
“जेवाई एयर ईभी केवल एउटा कार मात्र होइन—यो पाङ्ग्रामा ल्याइएको विमान हो, जसमा सुरक्षा, अनुशासन र प्रविधिका उस्तै मूल्यहरू समावेश छन्। म नेपाली चालकलाई सफा र स्मार्ट गतिशीलता अपनाउन प्रोत्साहित गर्न उत्सुक छु, र यो यात्रामा एलआरआर मोटर्ससँग संलग्न हुन पाउँदा गर्वित छु” उनले बताए ।
यस सहकार्य मार्फत, एलआरआर मोटर्सले नेपालमा ड्राइभिङलाई पुनः परिभाषित गर्दै विमाननको सुरक्षा र विलाशितालाई विद्युतीय सवारीसाधनको नवप्रवर्तनसँग मिसाएर दिगो, आकर्षक र भविष्यउन्मुख गतिशील समाधान उपलब्ध गराउने लक्ष्य राखेको बताइएको छ।
एलआरआर मोटर्स नेपालमा जेवाई एयर ईभीको आधिकारिक आयातकर्ता र वितरक हो। कम्पनीले प्रविधि, दिगोपना र कार्यक्षमता संयोजन गरेर वातावरणमैत्री र नवप्रवर्तनशील गतिशील समाधानहरू प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।
सम्बन्धित समाचार
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

