Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

नाडा अटो शोमा जिली ईएक्स५को किर्तीमानपूर्ण बुकिङ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, भाद्र, ९
नाडा अटो शोमा जिली ईएक्स५को किर्तीमानपूर्ण बुकिङ

काठमाडौं । नाडा अटो शो २०२५ मा जिली ईएक्स५ विद्युतीय गाडीले उल्लेखनीय बुकिङ हासिल गर्दै किर्तीमान कायम गरेको बताइएको छ । ड्रिम स्मार्ट चीनको आधिकारिक वितरक एलआरआर मोटर्सका अनुसार अटो शोमा ईएक्स५ १८७ युनिट बुकिङ भएको हो । बुकिङ भएका गाडीलाई आजैदेखी डेलिभरी गरिने कम्पनीले जनाएको छ ।

म्याक्स र प्रो गरी दुईवटा भेरिएन्टमा प्रदर्शनीमा राखिएको जिली ईएक्स५ को स्टलमा ठूलो संख्यामा दर्शकहरूको भिड लागेको थियो । अत्याधुनिक प्रविधि, अधिक रेञ्ज र आकर्षक डिजाइनका कारण यस नयाँ विद्युतीय एसयूभीले भरपर्दो, प्रिमियम र स्टाइलिश कार खोज्ने ग्राहकलाई प्रभावित पारेको कम्पनीले बताएको छ।

‘नाडामा जिली ईएक्स५ ले पाएको उत्साहजनक प्रतिक्रियाले हामीलाई अधिक हौसला प्रदान गरेको छ’, एलआरआर मोटर्सका बिक्री तथा सञ्चालन प्रमुख अधिर श्रेष्ठले भने ‘६ दिनमै १८७ वटा बुकिङ हुनु जिलीको नवप्रवर्तनमा बढ्दो विश्वास र नेपालमा दिगो गतिशीलताका समाधानप्रति बढ्दो मागको स्पष्ट संकेत हो । यो सफलताले नेपालीबजारका लागि विश्वस्तरीय ईभी उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ ।’

श्रेष्ठका अनुसार, जिली ईएक्स५ मा प्रयोग गरिएको नवीनतम र परिमार्जित ब्याट्रीले विशेषगरी नेपाली उपभोक्ताहरुलाई आकर्षित गराएको हो ।

गाडी निर्माता जिली होल्डिङ ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रिले आठवटा निडल परिक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणीत ब्याट्रीका रुपमा आफ्नो पहिचान कायम गरेको जनाएको  छ ।

यस ब्याट्रीको आयु ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्ष) रहेको छ, जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रिको क्षमताभन्दा धेरै हो । साथै, आयातकर्ता एलआरआर मोटर्सले जिलीका गाडीहरुको ब्याट्रिमा ८ वर्ष वा एक लाख ६० हजार किमिसम्म वारेण्टि दिएको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स