आजवाट अमेरिकामा भारतीय समानमाथी ५० प्रतिशत भन्सार कर लाग्ने
वासिङटन डिसी। अमेरिकाले हिजो भारतमा २५ प्रतिशत अतिरिक्त कर लगाउने आधिकारिक सूचना जारी गरेको छ ।
अब भारतीय समय अनुसार यो महशुल बुधबार अर्थात अगस्ट २७ गते बिहान ९ः३१ बजेदेखि लागू हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट ६ मा रुसबाट तेल खरिदमा जरिवानाको रूपमा यो शुल्क घोषणा गरेका थिए । ट्रम्पले अगस्ट ७ बाट भारतमा व्यापार घाटाको कारण २५ प्रतिशत कर लगाएका थिए अर्थात् अब अमेरिकामा निर्यात हुने भारतीय सामानमा कुल कर ५० प्रतिशतसम्म हुनेछ ।
मंगलबार जारी आदेशमा भनिएको छ, ‘भारतबाट आउने सामानमा यो कागजातको सूचीमा उल्लेख गरिएको महसुल लागू हुनेछ । यी चीजहरू या त प्रयोगको लागि अमेरिका ल्याइनेछ वा प्रयोगको लागि गोदामबाट बाहिर निकालिने छ। यो नियम अगस्ट २७ अगस्टमा राती १२ः०० बजे देखी लागू हुनेछ।’
यसवाट प्रभावित हुने उद्योगहरू धेरै रहेका छन् । मुख्यतयाः ट्रम्पको ट्यारिफले गहना, कपडा, अटो, समुद्री खाना क्षेत्रका उद्योगहरूको नाफा घटाउन सक्छ। अमेरिकासँग व्यापार सम्झौता नगरिए वा भन्सार नघटाए ४८ अर्ब २ करोड डलरको निर्यातमा प्रत्यक्ष असर पर्ने विज्ञहरू बताउँछन् ।
यो अमेरिकी शुल्कले आईटी, औषधि र इलेक्ट्रोनिक उद्योगहरूलाई भने असर गर्दैन। हाल इलेक्ट्रोनिक्सलाई धारा २३२ अन्तर्गत छुट दिइएको छ। यो घोषणा नभएसम्म एप्पल, सामसुङ जस्ता स्मार्टफोनको अमेरिका निर्यातमा कुनै असर पर्ने छैन।
फार्मामा हालको ट्यारिफ शुन्य प्रतिशत हो । तर, ट्रम्पले १८ महिनामा १५० ट्यारिफ र पछि २५० ट्यारिफ लगाउने धम्की दिएका छन्। यो लागू नभएसम्म छुट जारी रहनेछ। आईटी उद्योग सेवा क्षेत्रको एक हिस्सा हो, त्यसैले यो पनि यो ५० प्रतिशत ट्यारिफको दायरामा आउँदैन।
एनबीसी रिपोर्टका अनुसार भारतबाट अमेरिकामा सबैभन्दा बढी निर्यात हुने गरगहना, कपडा, मेसिनरी र रसायन हुन्। ५० प्रतिशत ट्यारिफका कारण अमेरिकामा यी वस्तुहरू महँगो हुनेछन् र त्यहाँबाट अर्डरहरू घट्नेछन्।
कम अर्डरको कारण कम्पनीहरूले आफ्नो उत्पादन घटाउनु पर्नेछ, जसले लेअफ निम्त्याउन सक्छ। यसको मतलब यी क्षेत्रहरूमा रोजगारी गुमाउने खतरा छ। तर, कुन क्षेत्रबाट कतिको रोजगारी गुम्छ भन्ने अनुमान गर्न अझै गाह्रो छ ।
सम्बन्धित समाचार
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

