जर्मनीलाई हराउँदै आयोजक फ्रान्स युरोकपको फाइनलमा
जानकारी केन्द्र
२०७३, असार, २४
विश्वबिजेता जर्मनीलाई दुई शुन्यको अन्तरले पराजित गर्दै आयोजक फ्रान्स जारी युरोकप फुटबलको फाइनलमा प्रबेश गरेको छ ।
फ्रान्सका लागि दुवै गोल एथ्लेटिको मड्रिडका सुपरस्टार एन्टोइन ग्रिजम्यानले गरेका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टी अवसरलाई ग्रिजम्यानले गोलमा परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । जर्मन क्याप्टेन बास्टियन स्वाइन्सटाइगरले डिबक्सभित्र हृयाण्ड गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टीको अवसर दिएका थिए ।
यता फ्रान्सेली सुपरस्टार एन्टोइन ग्रिजम्यानले जारी प्रतियोगितामा आफ्नो गोलसंख्या ६ पुर्याएका छन् । उनी प्रतियोगितामा सर्बाधिक गोलकर्ताको सूचीमा पहिलो नम्बरमा छन् । फ्रान्स र पोर्चुगलबीचको फाइनल खेल आगामी आइतबार राति पौने १ बजे फ्रान्सको राष्ट्रिय रंगशालामा हुनेछ । पोर्चुगल यसअघि वेल्सलाई हराउँदै प्रतियोगितको फाइनलमा पुुगिसकेको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


