Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

प्रधानमन्त्रीले राजिनामा नदिने, संसदको प्रक्रियाको सामाना गर्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, असार, २८
प्रधानमन्त्रीले राजिनामा नदिने, संसदको प्रक्रियाको सामाना गर्ने

नेकपा माओवादी केन्द्रले फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा नदिने भएका छन ।
सत्तारुढ गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माओवादी केन्द्रले समर्थन फिर्ता लिदैमा प्रधानमन्त्रीले राजिनामा दिनु नपर्ने निष्कर्स निकालेको हो ।
बैठकले संसदमा सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए त्यसको सामना गर्ने र सो प्रस्ताव स्विकृत भए राजिनामा दिनु पर्ने निर्णय गरेको छ ।
त्यसैगरी गठबन्धनले अब सरकारमा आउने विषयमा नेपाली काग्रेससहितका दलहरुसँग छलफल अघि बढाउने निर्णय गर्दै अविश्वासको प्रस्ताव दर्ता नभएपनि ३० दिनभित्र सरकारको तर्फबाटै विश्वासको मत लिन अघि बढ्ने निर्णय गरेको छ ।
बैठकमा माओवादीले गठबन्धन तोडेर गंभिर गल्ती गरेको भन्दै गठबन्धनका सबै दलले आलोचना गरेका थिए । बैठकमा साना दलले गठबन्धनमा सामान्य छलफल समेत नगरी समर्थन फिर्ता लिने निर्णयले माओवादीमा चरम सत्ता लिप्सा रहेको पुष्टि रहेको भन्दै माओवादी विश्वास योग्य पार्टी नभएको बताएका थिए ।
उनीहरुले सत्ताकोलागि जे पनि गर्न तयार हुने माओवादीलाई सत्ताको नेतृत्वमा पुग्न नदिन एमालेले काग्रेसको नेतृत्व स्विकार गरेर अघि बढ्नु पर्ने सुझाव समेत दिएका थिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स