Jankari Kendra
२७ श्रावण २०८३, बुधबार
Worldlink

यस्तो छ आजको मौसम पुर्वानुमान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, आश्विन, ९
यस्तो छ आजको मौसम पुर्वानुमान

काठमाडौं । कर्णाली प्रदेशको पूर्वी भूभागदेखि कोशी प्रदेशसम्म बुधबार रातिदेखि पानी पर्ने गतिविधि कम भए तापनि आज पुनः धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको छ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा हुने र एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना समेत रहेको उनले जानकारी दिए।

असोज ९ गतेदेखि बंगालको खाडीमा एउटा पानी पार्ने प्रणाली विकसित भएको छ जसको आंशिक प्रभाव नेपालमा पनि पर्नसक्ने सम्भावना छ। यसले अझै केही दिनसम्म वर्षा निरन्तरता पाउन सक्ने मौसमविद्ले बताएका छन्।

तर उक्त प्रणालीको मुख्य प्रभाव बंगलादेश, म्यानमार र भारतका सिक्किम, आसाम र मेघालय क्षेत्रमा पर्ने सम्भावना छ भने नेपालको पूर्वी सीमासम्म मात्र आंशिक प्रभाव पर्ने देखिएको छ।

स्थानीय वायु सक्रिय रहँदा नेपालमा पनि विभिन्न भूभागमा पानी पर्ने सम्भावना रहेका कारण आज र आगामी दिनहरूमा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स