आजको मौसम : देशभर मनसुनी र स्थानीय वायूको प्रभाव,कहाँ-कहाँ छ वर्षा ?
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको समेत प्रभाव रहेको छ।
महाशाखाका अनुसार आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा तथा बाँकी प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। यस्तै तराईको केहि भागमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी राति गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।
गण्डकी प्रदेशका पहाडी भागका केही स्थानहरूमा, कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी अहिले बिहान पनि राजधानीसहित देशका विभिन्न स्थानमा वर्षा भएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



