बिराटनगर किंग्सका खेलाडीहरू हाइ-पर्फर्मेंन्स ट्रेनिंगका लागि मुम्बई प्रस्थान
काठमाडौँ । बिराटनगर किंग्सले आफ्नो १५ सदस्यीय टिमलाई २ हप्ताको हाइ-पर्फर्मेन्स ट्रेनिंगका लागि भारतको मुम्बईमा अवस्थित अन्तर्रराष्ट्रिय स्तरको सुविधा भएको Omtex ICWC Cricket Institute मा पठाएको बताइएको छ। मंगलबार प्रस्थान गरेको टिमका लागि यो प्रशिक्षण आगामी नेपाल प्रिमियर लिग सिजन २ को तयारीमा महत्वपूर्ण कदम मानिएको छ। प्रशिक्षण अवधिभर खेलाडीहरूले अभ्यास, फ्रेन्ड्ली खेलहरू तथा व्यवसायिक कोचहरूको निर्देशन प्राप्त गर्नेछन्, जसले उनीहरूको खेल कौशल र टिमवर्क सुधार गर्ने अपेक्षा गरिएको जनाइएको छ।
मुम्बईको Omtex ICWC Cricket Institute अत्याधुनिक सुविधा र उच्चस्तरीय प्रशिक्षण कार्यक्रमका लागि परिचित छ। खेलाडीहरूलाई श्रीलंकन तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त कोचहरूले तालिम र कन्सल्टेसन प्रदान गर्ने छन्। यस अन्तर्राष्ट्रिय स्तरको एक्स्पोजरले खेलाडीहरूलाई उच्चस्तरको क्रिकेटका लागि आवश्यक कुराहरू बुझ्न मद्दत गर्ने बताइएको छ।
टोलीले फ्लड-लाइटको उज्यालोमा पनि अभ्यास गर्नेछ, जसले रातिको खेलमा खेल्ने अनुभव पनि बढाउनेछ। यसले विभिन्न खेल परिस्थितिमा खेलाडीहरूलाई सहज हुन मद्दत पुर्याउने अपेक्षा गरिएको बिराटनगर किंग्स बताएको छ।
बिराटनगर किंग्सले यस पहललाई खेलाडी विकासका लागि ठूलो लगानीको रुपमा हेरेको छ। व्यवस्थापनको विश्वास छ कि यस्ता अवसरहरूले खेलाडीहरूको व्यक्तिगत प्रदर्शन मात्र होइन, टिमको प्रतिस्पर्धी क्षमता पनि बढाउनेछ र टोली अझ सक्षम र आत्मविश्वासी बनेर फर्किने र गौरवका साथ बिराटनगर किंग्सको प्रतिनिधित्व गर्ने जनाइएको छ ।
सम्बन्धित समाचार
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

