जाडोमा उच्च रक्तचापबाट यसरी बच्न सकिन्छ
काठमाडौं । रक्तचाप १४०/९० भन्दा माथि भए उच्च रक्तचाप (हाई ब्लड प्रेशर) भएको मानिन्छ । यो दुई प्रकारको हुन्छ : प्राइमरी र सेकेन्डरी । विशेषज्ञहरूका अनुसार, ९०–९५ प्रतिशत उच्च रक्तचापका बिरामीहरू प्राइमरी रक्तचापका हुन्छन् । यस्तो अवस्थामा ८/९० प्रतिशतलाई लक्षण देखिँदैन र रक्तचाप परीक्षण गरेपछि मात्रै थाहा हुन्छ । केही बिरामीमा भने टाउको दुख्ने, भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, दम तथा ब्रेन हेमरेज वा पक्षघात हुने लक्षण देखिन्छ ।
वंशाणुगत र अन्य कारणहरू
उच्च रक्तचाप वंशाणुगत हुन सक्छ । बाबुआमामा यो समस्या भए सन्तानमा पनि हुने सम्भावना उच्च हुन्छ । सेकेन्डरी रक्तचाप भने अन्य समस्याहरू जस्तै मिर्गौलाको खराबी, थाइराइड रोग, पेनकिलरको अत्यधिक प्रयोग वा गर्भावस्थाको कारणले हुने गर्छ । यस्तो रक्तचाप ५/१० प्रतिशत व्यक्तिमा मात्र देखिन्छ ।
जोखिम उमेर समूह र उपचार
५० वर्ष माथिका व्यक्तिमा उच्च रक्तचाप सामान्यतया धेरै देखिन्छ । तर, पछिल्लो समय ३०–३५ वर्षका युवामा पनि यसले समस्या बढाउँदै गएको छ । सेकेन्डरी रक्तचापको उपचार मुख्य कारण पत्ता लगाएर गर्न सकिन्छ । मिर्गौलाको समस्या, थाइराइड वा अन्य कारण हटाएपछि औषधि आवश्यक पर्दैन ।
गर्भावस्थाको समयमा देखिएको रक्तचाप बच्चा जन्मिएपछि सामान्य हुन सक्छ । तर, प्राइमरी उच्च रक्तचापका बिरामीले नियमित औषधि सेवन गर्नुपर्छ । औषधिले सामान्य साइड इफेक्ट (जस्तै खोकी, टाउको दुख्ने, खुट्टा सुन्निने) भएपनि यस्तो समस्या न्यून देखिन्छ ।
जीवनशैलीमा सुधार अनिवार्य
उच्च रक्तचापबाट जोगिन स्वस्थ जीवनशैली अपनाउनु पर्छ ।
– दिनमा कम्तीमा ३०–४५ मिनेट व्यायाम गर्नुपर्छ ।
– धुम्रपान र मादक पदार्थको सेवन गर्नु हुँदैन ।
– चिल्लो, तारेको र कार्बोहाइड्रेटयुक्त खानेकुरा घटाउने ।
– हरियो सागसब्जी, फलफूल र प्रोटिनयुक्त खाना बढाउने ।
– नुनको सेवन कम गर्ने ।
– व्यस्त जीवनशैली भएकाहरूले प्रत्येक घण्टामा २०० कदम हिँड्नेसम्म गरे पनि सकारात्मक प्रभाव पार्न सक्छ ।
विशेषज्ञहरू भन्छन्, “उच्च रक्तचाप जटिल समस्या हो । समयमै ध्यान नदिए यसले पक्षघात, ब्रेन हेमरेज जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ । त्यसैले जीवनशैलीमा सुधार र नियमित स्वास्थ्य परीक्षण नै मुख्य उपाय हुन् ।”
सम्बन्धित समाचार
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

