Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

नेपालद्धारा नेदरल्याण्ड्स पराजित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, श्रावण, ३१
नेपालद्धारा नेदरल्याण्ड्स पराजित

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको दास्रो खेलमा नेपाल १९ रनले विजयी भएको छ । २ सय १८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसलाई १ सय ९८ रनमा समेट्दै नेपालले महत्वपुर्ण जित हात पारेको हो ।

नेपालका लागि कप्तान पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले दुई दुई र सन्दीप लामिछाने र सागर पुनले एक एक विकेट लिए । नेदरल्याण्डसका मिर्युले ५६ तथा म्याक्स ओडुड ३५ रन बनाएपनि टीमलाई जिताउन भने सकेनन् । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २ सय १७ रन बनाएको थियो । कप्तान पारस खड्काले ८४, सागर पुनले ४५ र ज्ञानेन्द्र मल्लले ३९ रन बनाए । नेपालका विनोद भण्डारी १७, शरद भेषावकर ६, अनिल मण्डल र बसन्त रेग्मी ४ ÷४ तथा सोमपाल कामीले २ रन बनाए ।

नेदरल्याण्ड्सका मिचेल रिप्पोनले ४, असन मल्लिकले २ साथै भिभियन किंग्मा, पौल भ्यान मिकिरेन र भ्यानडर मर्विले १ र १ विकेट लिए ।

नेदरल्याण्डससँग शनिबार भएको पहिलो खेल हारेपछि नेपाललाई सोमबारको खेल जित्नैपर्ने दबाब बढेको छ । अंक तालिकाको छैठौं स्थानमा रहेको नेपाललाई सन् २०१८ को एक दिवसीय विश्वकपको छनौट खेल्ने आशा जिवितै राख्न यो खेल महत्वपूर्ण छ । शीर्ष चारमा पर्ने टोलीले विश्वकपको छनौट खेल्न पाउने छन् ।

प्रतियोगितामा नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् । अहिलेसम्म खेलका ७ खेलमा पाँच खेल जितेको नेदरल्याण्ड्स १२ अंकसहित शीर्ष स्थानमा छ । ७ खेलमा पाँच खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ । नेपालभन्दा अघि समान ९ र ९ अंक जोडेका हङकङ र स्कटल्याण्ड तथा ८ अंक जोडेको पपुवा न्युगिनी र ६ अंक जोडेको केन्या छन् ।

नेपाल यसअघि स्कटल्याण्ड र पपुवा न्युगिनीसँग भएका खेलमा पराजित भएको थियो । तर काठमाडौंमा भएको नामिबियासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।

उज्ज्यालो अनलाइन बाट

Top Changing Nepal

युट्युब सट्स