कजारियाद्वारा सिन्धुलीको आदर्शनगरमा नयाँ शोरूम उद्घाटन
काठमाडौँ । प्रिमियम र विश्वसनीय टाइल ब्रान्डमध्ये एक कजारियाले सिन्धुलीको आदर्शनगर, का.न.पा–६ (पुरानो बुधबार हाट) मा अत्याधुनिक शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थिति थप विस्तार गरेको बताइएको छ । शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सद्वारा सञ्चालित यो शोरूमले सिन्धुली जिल्लामा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकहरूलाई आधुनिक, आकर्षक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाइएको छ।
उद्घाटन समारोहमा शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सका मालिक करिराम शाह, सम्मानित अतिथि तथा स्थानीय शुभेच्छुकहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भयो। सो कार्यक्रममा कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीको विशेष उपस्थिति तथा रिबन काटेर शोरूमको औपचारिक शुभारम्भ गर्नु समारोहको प्रमुख आकर्षण रह्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै डिलर तथा मालिक करिराम शाहले आफ्नो खुशी व्यक्त गर्दै भने, “हामी कजारियासँग साझेदारी गर्न पाउँदा गौरवान्वित छौँ। गुणस्तर र नवप्रवर्तनको पर्याय बनेको यो ब्रान्डका प्रिमियम टाइल तथा विश्वस्तरीय डिजाइनहरू अब सिन्धुलीका ग्राहकहरूले आफ्नै समुदायमै सहज रूपमा पाउनेछन्।”
त्यसैगरी, कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले ग्राहक सन्तुष्टि र बजार विस्तारप्रति ब्रान्डको प्रतिबद्धता व्यक्त गर्दै भने, “कजारियाले सधैँ उत्कृष्टता प्रदान गर्ने विश्वास राख्छ। यो नयाँ सिन्धुली शोरूममार्फत हामी हाम्रो उत्कृष्ट टाइलहरूको दायरा ग्राहकहरूसम्म अझ नजिक पुरÞ्याउँदैछौँ। नेपालमा निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्र तीव्र रूपमा विकसित भइरहेको छ, र हामी मजबुत, आकर्षक तथा अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत यस विकासलाई थप सुदृढ गर्न उत्साहित छौँ।”

आदर्शनगर, सिन्धुलीमा रहेको नयाँ शोरूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शित गरिएको छ, जसले ग्राहकहरूलाई सहज पहुँच, सुविधा तथा विभिन्न इन्टेरियर आवश्यकताअनुसार छानिएको उत्पादक प्रदर्शन उपलब्ध गराउँछ। यस विकासले नवप्रवर्तन, गुणस्तर र डिजाइनप्रतिको काजारियाको अविचल प्रतिबद्धतालाई सुदृढ गर्दै नेपालका टाइल उद्योगमा ब्रान्डको अग्रणी स्थानलाई झनै मजबुत बनाएको बताइएको छ।
कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको जनाइएको छ। विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ।
नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको बताइएको छ। कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६० x१२० सेमी, ६० x ६० सेमी, १९.५ x १२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४० x४० सेमी) र सिरामिक वाल टाइल्स (३० x६० सेमी, ३० x४५ सेमी) उपलब्ध गराउँछ।
यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ। गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको बताइएको छ। सिन्धुली शोरूमको उद्घाटनले काजारियाको नेपालका प्रत्येक भौगोलिक क्षेत्रमा उत्कृष्ट, विश्वस्तरीय टाइलहरू सहज रूपमा पहुँचयोग्य बनाउने लक्ष्यतर्फको यात्रामा अर्को महत्वपूर्ण उपलब्धि जोडिदिएको जनाइएको छ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक, कतिपर्छ मुल्य ?
नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, कतिपर्छ मुल्य ?
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



