चितवनको भरतपुरमा माघ २ गतेदेखि ४ गतेसम्म ‘ आठौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनी ’ हुने
काठमाडौं । ‘ आठौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनी – २०८२ ’ माघ २, ३ र ४ गते चितवनमा आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. तथा फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा माघ २ गतेदेखि गतेदेखि ४ गतेसम्म चितवनको भरतपुर महानगरपालिका -१०, चितवन एक्स्पो सेन्टरमा आयोजना हुन लागेको हो । उक्त प्रदर्शनीमा नेपाल भित्रका कृषि उद्यमीहरु, व्यवसायीहरुका साथै विदेशी व्यवसायीहरु तथा कम्पनीहरु रहने छन् । उक्त प्रदर्शनीमा सय बढी स्टल रहने आयोजकले जनाएको छ । आयोजकको अनुसार प्रदर्शनीले कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुग्ने उल्लेख छ ।

त्यसैगरी, उक्त प्रदर्शनीमा कृषि र प्रविधिका फरक – फरक समूहका स्टलहरु रहने छन् । उक्त प्रदर्शनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाई / भैँसी पालन, कृषिका मेसिनरी औजार – उपकरण भेटेनरी, डेरी, खाद्य प्रविधि बारेमा जानकारी गराइने छ । अवलोकन गर्न आउनेले आफ्नो चाहना आवश्यकता र चासो अनुसारको स्टलमा गएर सम्पूर्ण जानकारी लिन सक्ने गरी व्यवस्था गरिने आयोजकको जनाएको छ । यसलाई ‘ प्रदर्शनी भित्रको प्रदर्शनी ’ पनि भन्न सकिन्छ । नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन प्रदर्शनी कोशेढुङ्गा सावित हुने आयोजकको विश्वास रहेको छ ।

यस्तै, उक्त प्रदर्शनीले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत पुग्ने र प्रविधिको प्रयोगबाट कृषि उत्पादनमा समेत वृद्धि भई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पु¥याउने आयोजकको विश्वास रहेको छ । उक्त प्रदर्शनीमा सबैलाई निःशुल्क प्रवेश रहने छ । प्रदर्शनीमा देशभरबाट बढी भन्दा बढी अवलोकनकर्ताहरु भित्र्याउने लक्ष्य आयोजकको रहेको छ । यसैगरी, उक्त प्रदर्शनीमा देशैभरिका अगुवा किसानहरु, गाउँपालिका तथा नगरपालिकाका प्रतिनिधिहरु, सरकारी तथा गैर – सरकारी संस्थाहरु, निति / निर्माता, व्यवसायीहरु, उद्यमीहरु, व्यापारीहरु, अगुवा कृषकहरु, आयातकर्ताहरु, निर्यातकर्ताहरु, बैंक तथा वित्तिय संस्थाहरु, अनुसन्धानकर्ताहरु, शिक्षकशिक्षिकाहरु, विद्यार्थीहरु र शिक्षण संस्थाहरुको विशेष उपस्थिति हुने भएको छ ।
सम्बन्धित समाचार
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

