एलआरआर मोटर्स सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी स्पोन्सर
काठमाडौँ । एलआरआर मोटर्सले सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ को जर्सी प्रायोजन गर्ने भएको छ । आज आयोजिक एक कार्यक्रममा एलआरआर मोटर्स र सुदूरपश्चिम रोयल्सबीच प्रायोजना सम्झौता सम्पन्न भइ साबिकको बड्डाउ ‘जिली बड्डाउ’को नाममा रिब्राण्डिङ्ग भएको हो ।
एलआरआर मोटर्स चिनमा निर्मित विश्वचर्चित जिली इएक्स फाइभ म्याक्स र प्रो सिरिज विद्युतीय गाडीको नेपालका लागि आधिकारिक आयातकर्ता कम्पनी रहेको बताइएको छ। सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ को जर्सी प्रायोजन सम्झौता सँगै ‘जिली बड्डाउ’ले अब जिली इएक्स फाइभको ब्राण्ड प्रमोसनमा संलग्न हुनेछन् ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र एलआरआर मोटर्सका प्रबन्ध निर्देशक (म्यानेजिङ डाइरेक्टर) जीवन जङ्ग शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ खड्काले प्रतियोगिताका लागि एलआरआर मोटर्ससँग जोडिन पाउँदा खुसी व्यक्त गरे । ‘मस्कट’ बड्डाउ प्रतियोगितामा फरक रौनक थप्ने एक माध्यम हो । अब यो रौनक सँगै एलआरआर मोटर्स पनि जोडिएको छ,’ खड्काले भने ।
यता एलआरआर मोटर्सका प्रबन्ध निर्देशक शाहीले सफल टोली सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा खुसी व्यक्त गरे । ‘हामी सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा खुसी छौं । यो सम्झौताले सुदूरपश्चिमको विजय यात्रामा हाम्रो सकारात्मक योगदान हुनेछ,’ शाहीले बताए ।
साविक विजेता सुदूरपश्चिम रोयल्स यो सिजन पनि पहिलो क्वालिफायरका लागि छनोट भइसकेको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक, कतिपर्छ मुल्य ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, कतिपर्छ मुल्य ?
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



