भुजुङ्ग हाइड्रोपावरको पुस ३ गतेदेखि आईपीओ निष्कासन
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आगामी पुस ३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २० लाख कित्ता साधारण शेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ।
आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख कित्ता शेयर छुट्याइएको छ।
आयोजनास्थल लमजुङको क्व्होलासोथार गाउँपालिका–४ का प्रत्यक्ष प्रभावित बासिन्दाले ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वडानं. १, २, ३, ५, ६, ७, ८ र ९ का अप्रत्यक्ष प्रभावित बासिन्दाले बाँकी ४ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता किन्ने गरी आवेदन दिन सकिनेछ। आयोजना प्रभावितका लागि आईपीओ बन्द हुने मिति छिटोमा पुस १७ र ढिलोमा माघ २ रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा पुस ७ र ढिलोमा पुस १७ गतेसम्म आवेदन दिन सकिनेछ।
रेिटिङ कम्पनी इक्रा नेपालले भुजुङ्ग हाइड्रोपावरलाई ‘इक्राएनपी इस्यूअर रेटिङ सिंगल बी प्लस’ रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
आईपीओ बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित बासिन्दाले क्व्होलासोथार गाउँपालिका कार्यालय, वडा नं. ४ कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसिसहर शाखा तथा भुजुङ्ग हाइड्रोपावरको सामाखुशीस्थित कार्यालयबाट आवेदन दिन सक्नेछन्।
विदेशमा रहेका नेपालीहरूले भने सेबोनद्वारा स्वीकृत सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी सजिलै आवेदन दिन सक्नेछन्।
सम्बन्धित समाचार
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

