Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, पुष, ५
सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा २ सय ९ जनाका लागि नयाँ भर्ना खुलाएको छ। सूचनाअनुसार ६९ जना इन्स्पेक्टर (निरीक्षक), ९ जना सई (नायव निरीक्षक.) र १३१ जना असई (सहायक निरीक्षक) माग गरिएको छ।

उपसमूहअनुसार, साधारण उपसमूहतर्फ ४१ जना इन्स्पेक्टर र १३१ जना असई माग गरिएको छ। यस्तै, कानून उपसमूहमा ७ जना इन्स्पेक्टर, लेखा उपसमूहमा १८ जना इन्स्पेक्टर र चिकित्सक उपसमूहमा ८ जना इन्स्पेक्टर माग गरिएको छ। स्टाफ नर्सतर्फ ९ जना सईका लागि भर्ना खुलाइएको छ।

योग्यताका हिसाबले, साधारण उपसमूहको इन्स्पेक्टर पदका लागि न्यूनतम २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको र असई पदका लागि १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ। अन्य उपसमूहका पदका लागि भने तोकिएबमोजिमको शैक्षिक योग्यता र अनुभव पूरा गरेको हुनुपर्ने व्यवस्था छ।

इच्छुक र योग्य उम्मेदवारले आवश्यक कागजातसहित माघ ११ गतेभित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माघ १२ गतेदेखि माघ २१ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

 

Top Changing Nepal

युट्युब सट्स