Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

संयुक्त राष्ट्रसंघका सहायक महासचिव काठमाण्डुमा, आजदेखि भेटवार्ता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, भाद्र, १३
संयुक्त राष्ट्रसंघका सहायक महासचिव काठमाण्डुमा, आजदेखि भेटवार्ता

संयुक्त राष्ट्रसंघका सहायक महासचिव अतुल खेर तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।  गएराती काठमाडौं आइपुगेका संयुक्त राष्ट्रसंघका सहायक महासचिव अतुलले आजदेखि भेटवार्ता गर्नेछन् ।

राष्ट्रसंघको शान्ति सेना हेर्ने प्रमुखका रुपमा उनी रहेका आएका हुन् । तीन दिने नेपाल बसाइका क्रममा सहायक महासचिव खेरले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रधानसेनापति, नेपाल प्रहरीका आईजीपी र सशस्त्रका आईजीपीलगायत सरकारी उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दिउँसो ४ बजेपछि प्रधानमन्त्रीको सरकारी निवासमा तय गरिएको भेटवार्तामा नेपालमा चलिरहेका शान्ति प्रक्रिया, द्वन्द्वसँग जोडिएका मुद्दाका विषयमा छलफल हुनेछ ।

द्वन्द्वग्रस्त मुलुकमा शान्ति सैनिकका रुपमा नेपाली सेना छैटौं स्थानमा रहेर विभिन्न मुलुकमा आफ्नो उपस्थिति जनाउँदै आएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स