सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
जानकारी केन्द्र
२०८२, माघ, १
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । आज पनि सुन र चाँदीको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडेको छ । आज छापावाला सुनको मुल्य तोलामा १ हजार ५ सय रुपैयाँले रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो ।
मंगलबार सुनको मुल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मुल्यले केही दिनयता निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । चाँदीको मूल्य तोलामा एकैदिन ३ सय १५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । अघिल्लो दिन मङ्गलबार चाँदीको मूल्य तोलाको ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित समाचार
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
कस्तो रहला आजको मौसम ?
प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?



