पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?
काठमाडौं । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार आजदेखि पेट्रोल प्रतिलिटर ३ रुपैयाँले घटेर १५६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँले घटेर १३६ रुपैयाँमा बिक्री हुने भएको छ । नयाँ मूल्यसूची निगम सञ्चालक समितिले तय गरेको हो, जसअनुसार इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यलाई आधार मानिएको छ ।
मूल्य घटेसँग अब पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा पर्नेछ भने डिजेलट र मट्टितेल १३३ रुपैयाँ पर्नेछ ।
यसैगरी, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ भने डिजेलट र मट्टितेल १३५ रुपैयाँ तोकिएको छ । यसैगरी, तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेल १३६ रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

