Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

निर्वाचन केन्द्रित ३ दिन बिदा दिने सरकारको निर्णय,लगातार ७ दिन बिदा हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, ११
निर्वाचन केन्द्रित ३ दिन बिदा दिने सरकारको निर्णय,लगातार ७ दिन बिदा हुने

काठमान्डौँँ । निर्वाचन आयोगको सिफारिसपछि सरकारले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दे फागुन २०,२१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरको छ । मतदातालाई सहज रुपमा मतदानमा सहभागी गराउने उद्धेश्यले तीन दिन बिदा दिने घोषणा गरिएको हो । प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते मतदान हुदैँ छ ।

निर्वाचन हुनुभन्दा अघि फागुन १८ र १९ गते फागु पूर्णिमाको बिदा पर्नेछ । त्यसपछि ३ दिन निर्वाचन बिदा,शनिबार र अन्तराष्ट्रिय नारी दिवस समेत परेकाले लगातार सात दिन सार्वजनिक बिदा रहनेछ ।

तगाातार ७ दिनको बिदाले केहि समय सेवा प्रवाह प्रभावित हुन सक्ने भएपनि निर्वाचन  निर्वाचनमा नागरिकको सहभागिता बढ्ने अपेक्षा गरिएको छ। सरकारले निर्वाचनलाई व्यवस्थित र सफल बनाउन तयारी तीव्र बनाएको जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स