Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप त्रिशुलीमा बेपत्ता, घिमिरेकी आमासहित दुईको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, आश्विन, ९
पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप त्रिशुलीमा बेपत्ता, घिमिरेकी आमासहित दुईको निधन

काठमाडौं, ९ असोज । पूर्वगृहमन्त्री तथा मुख्यसचिव माधव प्रसाद घिमिरे चढेको जीप त्रिशुली नदीमा बेपत्ता भएको छ।
मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको कार मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।

चितवनका प्रहरीका अनुसार घिमिरे चढेको बा ९ च १५३१ नम्बरको कार दुर्घटनामा परेको हो । अहिलेसम्म तीन जनाको शव फेला परेको छ। घिमिरेकी आमा, सशस्त्र प्रहरीका सुरक्षकर्मी तथा नाम नखुलेका व्यक्तिको शव फेला पारिएको हो ।

जीपका चालक हामफालेर बाँचेका छन् । उनलाई उपचारका लागि भरतपुर लगिएको छ। अहिलेसम्म पूर्वगृहमन्त्रीसहित तीन जना बेपत्ता छन् ।

दुर्घटनामा परेको कार तथा बेपत्ताहरूको खोजीका लागि प्रहरी खटिएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स