Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

केन्द्रीय अनुसन्धान व्यूरोलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, आश्विन, १९
केन्द्रीय अनुसन्धान व्यूरोलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान

काठमाडौँ, १९ असोज
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार  Animal Welfare Institute, USA ले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई सन् २०१६ को Clark R. Bavin Wildlife Law Enforcement Award बाट सम्मान गरेको छ ।
सन् २०१० देखि नेपालमा चोरी शिकार बिरुद्ध बिभिन्न अपरेशनहरु सञ्चालन गरी गैंडामा शुन्य चोरी शिकार बर्षहरु मनाउन उल्लेखनीय योगदान पु-याउनुका साथै त्यसको निरन्तरता र अन्य वन्यजन्तुको चोरी शिकार नियन्त्रणमा उल्लेखनिय योगदानको कदर स्वरुप यो सम्मान प्रदान गरिएको हो ।
संयुक्त राज्य अमेरिकाको United States Fish and Wildlife Services को Division of Law Enforcement मा विशिष्ठ काम गरी महत्वपूर्ण योगदान पु-याउनु भएका Clark R. Bavin को सम्मानमा यो Award को स्थापना गरी प्रत्येक ३/३ बर्षको अवधिमा विश्व भरीका Wildlife Law Enforcement मा काम गर्ने व्यक्ति तथा संस्थाहरुलाई प्रदान गरिदै आएको छ । प्रत्येक ३/३ बर्षमा हुने Convention on International Trade in Endangered Species of Wild Fauna and Flora (CITES ) को Conference of the Parties (COP)  मा उक्त पुरस्कार वितरण गर्दै आएको छ । यस बर्षको Award  वितरण October 3, 2016 मा South Africa को Johannesburg मा गरिएको छ ।
यो Award  सन् १९९७ बाट वितरण गर्न सुरु गरिएको हो र हालसम्म ५५ जना ब्यक्ति तथा संस्थाहरुले प्राप्त गरिसकेका छन् । सबैभन्दा बढी केन्याले ८ पटक, India र USA ले ७/७ पटक पाएका छन् भने चीनले ४ पटक र थाइल्याण्डले ३ पटक पाइसकेका छन् । नेपालमा रहेका वन्यजन्तु अपराध बिरुद्द काम गर्ने निकायहरुमध्ये यो Award केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले प्रथम पटक प्राप्त गरेको हो ।
३० राष्ट्रका १ सय वटा Wildlife Conservation को क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्थाहरुको संयुक्त कार्य संजाल, Species Survival Network (SSN) ले यो Award  को व्यवस्थापन तथा हस्तान्तरण कार्यक्रमको आयोजना गर्दछ ।
उक्त कार्यक्रममा केन्द्रीय अनुसन्धान व्यूरोका निर्देशक प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले पुरस्कार स्वीकार गर्दै भन्नुभयो “यो पुरस्कारले केन्द्रीय अनुसन्धान व्यूरोलाई अझ उत्कृष्ट ढंगले काम गर्न प्रोत्साहित गरेको छ । यो सम्मान नेपाल प्रहरी र नेपाली जनताप्रतिको सम्मान हो । म विश्वभरिका एजेन्सीहरुलाई मिलेर सहकार्यका साथ काम गर्न र बढ्दै गरेको संगठित अपराधलाई रोक्न आव्हान गर्दछु । उहाँले नेपाल प्रहरीलाई यो पुरस्कारका लागि सिफारिस गर्ने समिति र सम्बद्ध संघ–संस्थालाई धन्यवाद दिनुभयो ।

naima expoTop Changing Nepal

युट्युब सट्स