नेपालमा भव्य रूपमा सार्वजनिक भयो अल–न्यू जेको जे ६ टि
काठमाडौं । नेपालमा ओमोडा एण्ड जेकोको आधिकारिक वित्तरक एसपिजि अटोमोबाइल्स प्रा.ली.ले २३ मार्च २०२६ मा जेको ३६७ को औपचारिक रूपमा सार्वजनिक गरेको बताएको छ। बेस्ट-इन-सेग्मेन्ट इलेक्ट्रिक अल-रोडर जे ६ टि ले ल्यान्ड रोभर डिफेन्डर बाट प्रेरित आकर्षक, बक्सी र रग्ड डिजाइन प्रस्तुत गर्दछ। यो गाडी रियर-व्हील ड्राइभ-आरडब्लुडि- भेरियन्टमा (एमआरपी) रु.६९.९९ लाख भए पनि ग्राहकहरूका लागि विशेष प्रारम्भिक अफर अन्तर्गत रु. ६६.९९ लाखमा उपलब्ध गराइएको कम्पनीले जनाइएको छ।
जेको जे ६ को सफलतापछि एसपिजिअटोमोबाइल्सले जेको जे ६ टिलाई भव्य अनावरण कार्यक्रममार्फत सार्वजनिक गरेको बताइएको छ। कार्यक्रममा शारदा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शार्दा, निर्देशक गौरव शार्दा, जेको जे ६ का सम्मानित ग्राहकहरू, सञ्चारकर्मीहरू, इन्फ्लुएन्सरहरू, अटोमोबाइल क्षेत्रका अतिधिहरू तथा एस पि जि अटोमोबाइल्सका प्रतिनिधिहरूको उपस्थिति रहेको जनाइएको छ। उक्त कार्यक्रमले नेपालमा यस गाडीको औपचारिक डेब्युलाई विशेष रूपमा उजागर गरेको कम्पनीले दाबी रहेको छ।

अल-रोडर जेको जे ६ टि मा रियर-माउन्टेड मोटर रहेको छ जसले २२० एनएम टर्क उत्पादन गर्छ। यसमा लिथियम आयरन फस्फेट (एलइपि)सिएटिएल ब्याट्री जडान गरिएको छ,जसले ४३१ किलोमिटरसममको सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ। साथै २२५ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो गाडी ४,४३३ मिमी लम्बाइ,१,९१६ मिमी चौडाइ,१,७४१ मिमी उचाइ तथा २,७१५ मिमी हीलबेसमा उपलब्ध छ। गाडीमा १९-इन्च टायर,१५.६-इन्च सेन्ट्रल टचस्क्रिन, ९.२-इन्च इन्स्ट्रुमेन्ट प्यानल,५० वाट वायरलेस चार्जर तथा ८ स्पिकर जस्ता आधुनिक फिचरहरू समावेश छन्।
यसअघि जेको जे ६ मा २०० मिमी ग्राउन्ड क्लियरेन्स तथा ४०० किमी ड्राइभिङ रेन्ज उपलब्ध थियो भने नयाँ जेको जे ६ टि मा अझ बढी ग्राउन्ड क्लियरेन्स र विस्तारित ड्राइभिङ रेन्ज समावेश गरिएको बताइएको छ। कम्पनीका अनुसार जेको जे ६ को सफल आधारलाई थप मजबुत बनाउँदै जे ६ टि ले अझ रग्ड डिजाइन, आकर्षक स्टाइलिङ तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ,जुन साहसिक यात्रा र कठिन सड़क अवस्थाका लागि विशेष रूपमा उपयुक्त छ।
जेको जे ६ ले देशभर तथा अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट प्रदर्शन र बेस्ट-इन-सेग्मेन्ट विशेषताहरूका कारण पहिचान बनाइसकेको जनाइएको छ। त्यसैले नयाँ आकर्षक लुक्स र १९-इन्च टायरसहित जे ६ टि ले ग्राहकहरूका लागि एक उत्कृष्ट विकल्पको रूपमा आफ्नो स्थान स्थापित गर्ने विश्वास गरिएको बताइएको छ। नयाँ जे ६ टि अब देशभरका सबै ओमोडा एण्ड जेको आधिकारिक सोरुमहरूमा उपलब्ध रहेको जनाइएको छ।

यस नयाँ मोडेलको सुरुवातसँगै एसपिजि अटोमोबाइल्सले नेपालको तीव्र गतिमा विकास भइरहेको एसयूभी बजारमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउने र नवीन प्रविधियुक्त, विश्वासिलो तथा साहसिक ड्राइभिङ अनुभव प्रदान गर्ने उद्देश्य लिएको बताएको छ।
एसपिजि अटोमोबाइल्सनेपालका अग्रणी अटोमोबाइल वितरकमध्ये एक हो,जसले विश्वप्रसिद्ध ब्रान्डहरू तथा नवीन गतिशीलता समाधानहरू नेपाली बजारमा ल्याउने प्रतिबद्धता राखेको छ। बलियो नेटवर्क, ग्राहक-केन्द्रित सोचमार्फत कम्पनीले अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ।
सम्बन्धित समाचार
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
कस्तो रहला आजको मौसम ?
प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?



