सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
काठमाडौं । एमजीले नयाँ प्रविधिसहितका हाइब्रिड कारहरू विकास गरिरहेको बताइएको छ । यी सवारी साधनमा इलेक्ट्रिक टर्बो र विशेष मोटर प्रयोग गरिनेछ, जसले आवाज निकै कम बनाउने कम्पनीले जनाएको छ ।
नयाँ ‘हाइब्रिड प्लस’ प्रणाली जर्मनीको फ्रान्कफर्टस्थित एमजीको इन्जिनियरिङ केन्द्रमा विकास भईरहनुका साथै यो प्रणाली आउँदै गरेको एमजी एस ९ प्लग–इन हाइब्रिड कारमा पहिलोपटक प्रयोग हुन सक्ने अनुमान गरिएको कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार, एमजीले आफ्ना विद्युतीय कारहरूमा पनि ठूलो सुधार गर्ने योजना बनाएको छ ,‘सेमि सोलिड स्टेट’ भनिने नयाँ प्रकारको ब्याट्री यस वर्ष युरोपमा एमजी ४ विद्युतीय ह्याचब्याकको उच्च संस्करणमा प्रयोग गरिनेछ भने यस प्रकारको पहिलो ठूलो मात्रामा उत्पादन हुने ब्याट्री हुनेछ ।
फ्रान्कफर्टमा आयोजित एक कार्यक्रममा एमजीका वरिष्ठ इन्जिनियर क्यू जिले नयाँ इलेक्ट्रिक टर्बो प्रति मिनेट ७० हजार घुम्न सक्ने जानकारी दिए । इलेक्ट्रिक टर्बोले गाडीको क्षमता र दक्षता दुवै सुधार गर्नुका साथै यसले विद्युतीय र पेट्रोल इन्जिनबीच शक्ति वितरणलाई अझ सहज बनाउने जनाइएको छ ।
नयाँ ‘हाइब्रिड प्लस’ प्रणालीमा आराम बढाउन विशेष डिजिटल ड्याम्पिङ प्रविधि पनि समावेश गरिनुका साथै इलेक्ट्रिक मोटर केवल गाडी चलाउनका लागि मात्र नभई इन्जिनको कम्पन कम गर्न पनि प्रयोग हुने कम्पनीले जनाएको छ । गाडीभित्रका सेन्सरहरूले कम्पन पत्ता लगाएर त्यसलाई हटाउन आवश्यक शक्ति गणना गर्छन् र मोटरले त्यसको विपरीत काम गरेर कम्पन घटाउने बताइएको छ ।
कम्पनीका अनुसार, यसले गाडीलाई अझ शान्त र आरामदायी बनाउनुका साथै ऊर्जा खेर जान कम गराएर दक्षता पनि बढाउने दाबी गरिएको छ भने एमजीले नयाँ प्रणाली र टर्बोलाई सहयोग गर्न १.८३ किलोवाट घण्टाको ठूलो ब्याट्री पनि थप्दैछ । यी सुधारसँगै नयाँ हाइब्रिड कारहरू पुराना मोडेलभन्दा अझै स्मूथ, शान्त र छिटो हुने अपेक्षा गरिएको जनाइएको छ ।
एमजीको ‘सोलिडकोर’ नामको नयाँ सेमि सोलिड स्टेट ब्याट्री पनि यस वर्षको अन्त्यतिर उपलब्ध हुने अनुमान गरिनुका साथै यसमा करिब ९५ प्रतिशत ठोस र ५ प्रतिशत मात्र तरल पदार्थ हुन्छ, जसले यसलाई साधारण ब्याट्रीभन्दा धेरै ठोस बनाउने कम्पनीले बताएको छ । यस डिजाइनले बढी ऊर्जा सञ्चय गर्न सक्ने भएकाले गाडीको दूरी बढाउने , छिटो चार्ज हुने र विभिन्न तापक्रममा राम्रो प्रदर्शन गर्ने क्षमता पनि रहेको जनाइएको छ।
यस नयाँ प्रविधिको सबैभन्दा ठुलो विशेषता यसको सुरक्षा पक्ष हो , जहाँ सामान्य लिथियम आयन ब्याट्रि बिग्रदा आगलागिको जोखिम बढ्छ । तर एमजीले बिकास गरेको ब्याट्रिमा ठोस र जेल जस्तो संरचना तथा लिथियम म्याग्नेजिम मिश्रण प्रयोग भएकाले कडा परिक्षणमा पनि आगो वा स्पार्क नदेखिने गरी सुरक्षित र परपर्दो बनाइएको कम्पनीको दाबि छ ।
यी सबै नयाँ प्रविधिमार्फत एमजीले आफ्ना भविष्यका गाडीहरूलाई अझ शक्तिशाली, सहज, शान्त, सुरक्षित र ऊर्जा-दक्ष बनाउने लक्ष्य राखेको कम्पनीले बताएको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक, कतिपर्छ मुल्य ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, कतिपर्छ मुल्य ?
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



