एसईई दिएर बसेका विद्यार्थीहरुका लागि नेपाल टेलिकमको विशेष अफर
काठमाडौं । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षमा सहभागी हुने विद्यार्थीहरुका लागि विशेष एसईई अफर २०८२ ल्याएको छ । यस योजना अन्तगर्त नयाँ सिमकार्ड लिन चाहने विद्यार्थीले सजिलै सिम प्राप्त गर्न सक्नेछन् भने हाल प्रयोगमा रहेका सिममा पनि यो अफर सक्रिय गर्न सकिने व्यवस्था गरिएको छ ।
एसईई अफर आजदेखि सुरु भई २०८३ साल असार २६ गतेसम्म लागु रहनेछ । मात्र रु २० रुपियाँमा नयाँ सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट लिन सकिनेछ । नयाँ सिमकार्ड सक्रिय गरेपछि ३० दिनसम्म विभिन्न सेवा लिन सकिन्छ । नयाँ सिमकार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने रु ९.८० रुपियाँबाट कल, एसएमएस र डाटा चलाउन सकिने छ ।
एसईई प्याकेज अन्तगर्त विद्यार्थीहरुले दैनिक २० मिनेट अन-नेट कल, १० ओटा एसएमएस र ५०० एमबि डाटा पाउनेछन् । यी सुबिधा दैनिक आधारमा मात्र मान्य हुनेछन् । यसैगरी रु ५० वा सोभन्दा बढीको रिचार्ज गर्दा अतिरिक्त बोनस स्वरुप ५०० एमबि डाटा, ५० मिनेट कल र ५० ओटा एसएमएस उपलब्ध हुनेछ भने यो बोनस ३ दिनभित्र प्रयोग गरिसक्नु पर्दछ ।
नयाँ सिम लिनका लागि परीक्षार्थीले प्रवेशपत्र , कक्षा १० को मार्कसिटको प्रतिलिपि, फोटो तथा परिचय खुल्ने कागजात पेश गर्नुपर्नेछ । सिम सक्रिय गर्न *१४१४# र अफर लिन * १६००# डायल गर्नुपर्नेछ । पुरानो सिम प्रयोगकर्ताले पनि * १६००# डायल गरी आफ्नो एसईई सिम्बोल नम्बर र जन्ममिति (YYMMDD ढाँचामा) प्रविष्ट गरेर अफर लिन सक्नेछन् ।
गत वर्षजस्तै यस वर्ष पनि विद्यार्थीहरुलाई लक्षित गरी ल्याइएको यो योजना अध्ययनका क्रममा सञ्चार सेवामा सहजता ल्याउने उदेश्यका साथ सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक, कतिपर्छ मुल्य ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, कतिपर्छ मुल्य ?
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



