एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सद्वारा सञ्चालित सीजी डिजिटलले एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराएको छ। उपभोक्तालाई सजिलो हुने गरी कम्पनीले नेपाली बजारमा आफूलाई फरक रूपमा स्थापित गरेको जनाएको छ।
नेपालभर यसका २८ वटा अत्याधुनिक शोरूममार्फत सीजी डिजिटल र एलजी ब्रान्ड शपले ग्राहकलाई एउटै स्थानमा विभिन्न अन्तर्राष्ट्रिय तथा लोकप्रिय ब्रान्डका उत्पादनहरू अवलोकन, तुलना र खरिद गर्ने सुविधा उपलब्ध गराउँदै आएका छन्।
सीजी डिजिटलमा ग्राहकहरूले एलजी, सीजी, टीसीएल, गोदरेज, माइडिया, क्रम्प्टन, बेको, सेन्सेई, केन्ट, एलिका, सीजी मेरिडिया, ब्ल्याक एन्ड डेकर र बर्लीजस्ता विश्वसनीय ब्रान्डहरूका साथै नथिङ, मोटोरोला र एआई प्लसजस्ता मोबाइल ब्रान्डहरूलगायतका विश्वसनीय ब्रान्डहरू एउटै छानामुनि सहज रूपमा पाउन सक्छन्।
आजका उपभोक्ताहरुलाई केवल सस्तो मूल्य मात्र होइन गुनस्तर्य, विश्वासिलो र भरपर्दो सेवा खोजिरहेको कम्पनीले जनाएको छ। बजारमा विकल्प धेरै भए पनि कुन उत्पादन सही हो भन्ने निर्णय लिन ग्राहकलाई चुनौती हुने गरेको कारण यही आवश्यकतालाई मध्यनजर गर्दी ग्राहकहरुलाई आधिकारिक, विश्वसनीय र गुणस्तरीय ब्रान्डहरू उपलब्ध गराउँदै आएका कम्पनीको भनाइ छ।
एउटै स्थानमा विभिन्न ब्रान्ड तुलना गर्न सकिने भएकाले ग्राहकले आफ्नो आवश्यकता, बजेट र प्राथमिकताअनुसार सजिलै निर्णय लिन सक्छन् र यसले धेरै पसलहरू धाउनुपर्ने झन्झट हटाउनुका साथै खरिद अनुभवलाई अझ सहज, छिटो र विश्वसनीय बनाएको बताइएको छ।
कम्पनीले एउटै स्थानमा धेरै ब्रान्डको उपकरणहरु उपलब्ध गराएर ग्राहकको समय बचत गर्नु र निर्णय प्रक्रियालाई सजिलो बनाउन खोजिरहेको दाबी गरेको छ। साथै, विश्वकपको उत्साहलाई थप रोमाञ्चक बनाउन सीजी डिजिटलले आकर्षक छुट, विशेष उपहार तथा सजिलो फाइनान्स सुविधा ल्याएको छ। यो अफरले ग्राहकलाई उत्कृष्ट ब्रान्डका टिभी तथा होम एप्लायन्सेस अझ सहज मूल्यमा खरिद गर्ने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ।
आधुनिक शोरूम अनुभव, विश्वसनीय ब्रान्ड, ग्राहक–मैत्री सेवा तथा नेपालभर फैलिएको २८ शोरूम सञ्जालका कारण सीजी डिजिटल र एलजी ब्रान्ड शप नेपाली उपभोक्ताको पहिलो रोजाइ बन्दै गएका छन्।
सम्बन्धित समाचार
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

