२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २५६ जना सवारी चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु ४ लाख ९१ हजार ५०० राजस्व सङ्कलन भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १५१ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १११ जना, ट्राफिक बत्तीको संकेत उल्लङ्घन गर्ने १४२ जना तथा तीव्र गतिमा सवारी चलाउने २३० जनामाथि कारबाही गरिएको हो।
त्यसैगरी, लेन अनुशासन पालना नगर्ने ३३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १९३ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ११७ जना र एकतर्फी सडकमा सवारी चलाउने ११८ जना पनि कारबाहीमा परेका छन्।
कार्यालयका अनुसार अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार १६१ जनामाथि समेत कारबाही गरिएको छ। ट्राफिक प्रहरीको नियमित अनुगमन तथा चेकजाँचका क्रममा यी कारबाही गरिएको जनाइएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षाका लागि नियमहरूको पालना गर्न तथा जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न सबै चालकलाई आग्रह गरेको छ।
सम्बन्धित समाचार
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

