अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
काठमाडौं । अमेरिकाले इरानी राष्ट्रिय फुटबल टोलीलाई अर्को खेलको दुई दिन अगाडि नै यात्रा गर्न पाउने गरी अनुमति दिएको छ । अमेरिकी गृह सुरक्षा विभागले सुरक्षा प्रोटोकलहरू व्यवस्थित भएको सुनिश्चित गरे पछि इरानी टोलीमाथिको प्रतिबन्धहरू खुकुलो पार्ने उद्देश्यले दुई दिन अघि नै अमेरिका प्रवेशमा खुकुलो पारेको हो ।
यसअघि अमेरिकाले इरानी खेलाडीहरूलाई जुन दिन अमेरिकामा खेल हुन्छ, सोही दिन मात्रै आउन पाउने र खेल सकिए पछि सोही दिन फर्कनु पर्ने नीति बनाएको थियो। अब इरानी खेलाडीहरू दुई दिन अघि नै अमेरिकामा प्रवेश गर्न सक्ने भएका छन् ।
‘अमेरिकाले इरानको विश्वकप टोली माथिको प्रतिबन्धहरू खुकुलो पार्दैछ, जसले गर्दा टोलीलाई अर्को खेलको दुई दिन अघि देशमा यात्रा गर्न अनुमति दिइएको छ,’ अमेरिकी गृह सुरक्षा विभागका प्रवक्ताले भने ।
इरानको फुटबल महासंघले अमेरिकाले प्रतिबन्धहरू खुकुलो पारिएको खबर पछि बुधबार नै मेक्सिकोको तिजुआनामा रहेको आफ्नो आधार शिविरबाट सियाटल जाने पुष्टि गरिसकेको छ। आगामी आइतवार इरानले इजिप्टसँग खेल्दैछ ।
‘यो हाम्रो तर्फबाट योजना गरिएको थियो,’ ह्वाइट हाउस फिफा टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्रयू गिउलियानीले भनेका छन्, ‘हामीले पहिलो दुई खेलका लागि हुने यात्राका बारेमा हेर्नेछौं, यदी तिनीहरू सहज रूपमा फिर्ता गए भने अमेरिकाको लामो यात्रा समयलाई ध्यानमा राख्दै अतिरिक्त दिन पनि विस्तार गर्नेछौं।’
नीति परिवर्तनको रिपोर्ट पहिलो पटक अमेरिकी मिडिया आउटलेट एनबीसी न्यूजले गरेको थियो र यो दुवै देशका अधिकारीहरूले इरानमा युद्ध कसरी अन्त्य गर्ने भन्ने बारेमा वार्ता गरिरहेका बेला आएको हो, जुन अमेरिकाले फेब्रुअरी २८ मा इजरायलसँग सुरु गरेको थियो।
सम्बन्धित समाचार
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

