पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश
काठमाडौं । फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। आज राती सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई १–० गोलले हराउँदै स्पेन क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
खेल सकिनै लाग्दा इन्जुरी समयमा स्पेनका मिकेल मेरिनोले ९० प्लस १ मिनेटमा गरेको गोल नै अन्ततः पोर्चुगलको पराजयका लागि निर्णायक बन्यो।
पोर्चुगल र स्पेनबीच हालसम्म कुल ४२ अन्तर्राष्ट्रिय खेलहरू खेलिएका छन्। तीमध्ये स्पेनले १९ र पोर्चुगलले ७ खेल जितेका छन् भने १६ खेल बराबरीमा टुंगिएका छन्।
फिफा विश्वकपमा यी दुई टोली तेस्रो पटक आमने सामने भएका हुन । यसअघि सन् २०१८ को विश्वकपमा उनीहरूबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो भने सन् २०१० को विश्वकपमा स्पेन १–० ले विजयी भएको थियो र अहिले फेरी १५ बर्ष पछि स्पेनले पोर्चुगल माथी बिजय हासिल गरेको हो ।
सन २०१० फिफा विश्वकप बिजेता टोली स्पेनले अब अमेरिका र बेल्जियम बिच हुने खेलको बिजेतासँग सेमी फाइनलका लागि खेल्नेछ ।
सम्बन्धित समाचार
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

