झुलुङ्गे पुल निर्माणमा ढिलाईः जोखिम पुर्ण डुङ्ग चढन बाध्य सुस्ताबासी
जानकारी केन्द्र
२०७४, श्रावण, १५
रबिन्द्र यादव परासी, १५ श्रावण ।
झोलुङ्गे पुलको निर्माणमा ढिलाई भएका कारण सुस्ताबासीहरु जोखिमपुर्ण डुंगाबाट यात्रा गर्न बाध्य भएका छन् । नेपालकै भुमि सुस्ता पुग्न नेपालको एक बाटो जोखिमपुर्ण डुङ्गा तारेर सुस्ता पुग्ने गरेका छन् सुस्ता बासीहरु । हाल सुस्ता गाउँपालिकाको वडा नं. ५ मा पर्ने सुस्ता भुमी पुग्न नदीवारी पक्लिहवाँ गाँउ स्थित नदीको बन्धाबाट करिब ढाई (२.५) किलोमिटरको दुरी डुङ्गाले यात्रा तय गर्न पर्दछ । उक्त यात्रा २ घण्टा भन्दा बढि लाग्छ । नेपाल सरकारले सुस्ताबासीको जोखिमपुर्ण यात्रा समस्याको सामाधान गर्न सुक्षा क्षेत्रका बर्तमान सांसाद देवकरण कलवार (सन्तु) को विशेष पहलमा सुस्तामा झोलुङ्गे पुलको आयोजना दिएको छ ।
वि.स २०७३ पुषमा शुरु भएको उक्त झोलुङ्गे पुलको निर्माणमा झोलुङ्गे पुल १ हजार ५ सय ७५ मिटर लम्बाई र डेढ (१.५) मिटर चौडाई रहेन छ । ढाई वर्षमा निर्माण कार्यसम्म हुने पुलको कुल लागत खर्च २२ करोड रुपिया बिनियोजन गरिएको छ । पुलको निर्माण कार्य ७ महिना वित्न लाग्दा पनि अझै ५% पनि काम भएको छैन ।
सुस्ताबासीको जोखिम पुर्ण यात्रालाई बेवास्ता गर्दै ठेकेदारले करिब २ महिनादेखि नै विभिन्न कारण देखाउदै पुल निर्माण कार्य ठप्प पारेको छ । काम गर्न स्थानिय दबाबले दिँदा अहिले बर्षामा काम गर्न सकिन्न भनेर निर्माण कार्य बन्द गरेको छ । ठेकेदारले अहिलेसम्म एउटा पिलडका लागि १२ वटा होल गरि होल जामको कार्य मात्र गरेको छ । यसरी कछुवाको तालले निर्माण कार्य सम्पन्न हुन ५ वर्ष पनि अपुग रहने स्थानियले आलोचना गरे ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

