बिजुलीमा दैनिक एक करोड २० लाख घाटा
जानकारी केन्द्र
२०७४, भाद्र, १
काठमाडौं ।
दुई तीन दिनदेखि पूर्व तथा मध्य नेपालमा भईरहेको वर्षाले विद्युत प्रसारण लाईन, सबस्टेसन तथा वितरण प्रणालीलगायत संरचनामा क्षति पुग्दा नेपाल विद्युत् प्राधिकरणलाई दैनिक एक करोड २० लाख घाटा भएको छ।
ढल्केबर सबस्टेसनमा पानी जम्दा ढल्केबर मुजफ्परपुरबाट आयात हुने एक सय मेगावट बिजुली प्रयोगमा ल्याउन नसकिएको प्राधिकरणको भनाई छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर सबस्टेसन जलमग्न भएकाले प्रणाली सुचारु गर्न नसकिएको बताए। विजुली प्रयोगमा ल्याए पनि नल्याए पनि भारतलाई पैसा भने तिर्नुपर्ने हुन्छ। ‘टेक अर पे सर्त रहेकाले त्यहाँआट विद्युत ल्याउनै पर्ने बाध्यता हामीलाई छ, एक दिन ल्याउन सकेनौ भने एक करोड बीस लाख रूपैयाँ घाटा हुन्छ,’ घिसिङले भने,‘बाढीको जानकारी भारतीय पक्षलाई गराइसकेका छौ।’
विद्युत संरचनामा क्षति पुगेकाले पूर्वाञ्चलका सबै जिल्लामा विद्युत आपुर्ति हुन नसकेको प्राधिकरणले जनाएको छ। -नागरिक दैनिक
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

