जो समाजसेवा गर्न कै लागी सबै कुरा त्याग गर्न तत्पर हुन्छन
जानकारी केन्द्र
२०७४, भाद्र, १५
काठमान्डाैं
सामान्यतया मनिसहरू अाफैं वा अाफ्नो परिवारलाइ मात्र सुख शान्ति होस र अाफु तथा परिवार मात्रै खुसि रहुन समाजमा अरूलाइ देखाउन कै लागि भए पनि अनावश्यक सम्पति खर्च गरेर अाफ्नो प्रतिष्ठा जोगाउन पाइयोस भन्ने उदेश्यले दिन प्रतिदिन पैसाको पछाडि लागिरहन्छ । पैसा कमाउने जस्ता सुकै बाटाहरू हुन नैतिक अनैतिक उ जता बाट पनि पैसानै कमाउन चाहन्छ र त्यति धेरै दुख गरेर कमाएको पैसाले उसले अाफु अाफ्नो परिवार लाइ खुसि राख्नु पर्छ र समाजमा अरूको अघाडि गरिब छैन भन्ने देखाउनु पर्छ ।उसले पैसा कमाउने क्रममा कयाैं छाक खाना नखाएको होस तर अाफ्नो प्रतिषठा जोगाउन उसले वर्ष दिन भरी खान पुग्ने खाना त्यो पनि सामान्य भन्दा महगै तिरेर भए पनि उसका अाफन्त इष्टमित्रलाइ खुवाउनै पर्छ । कसैले स्विकार गरोस नगरोस तर यो यथार्थताको हाम्रो समाजमा अाज प्रतक्ष देख्न पाइने धेरै उदाहरण छन ।
हाम्रै समाजमा यस्ता व्यत्तित्वहरू पनि छन जसलाइ खान र दिन पाए पुग्छ । तिनै मध्येका एक समाज सेवि हुन विनय बस्नेत जसलाइ बरू खान नपुगोस लगाउन नपुगोस तरअरू भोकै र नाङ्गै भएको देख्न सक्दैनन र तुरून्तै हर तरहले सहयोग गर्न तत्पर रहन्छन । एक्सन फर सोसल चेञ्ज नामक परोपकारी संश्थाका अध्यक्ष विनय बस्नेत सामान्य तया खाना ( दाल भात तरकारी ) खादैनन अरूकै काम गर्ने क्रममा यानकि समाजसेवा कै काममा दिनरात खटिने विनयको खाना खाने रूटिन छैन खाना भनेको भ्याए भने फास्ट फुड जे भेटिन्छ खान्छन भ्याएनन भने केहि नखाइ पनि दिन भर समाजसेवामा खटिरहन्छन तर उनि कोहि पनि व्यबारिसे अवश्थामा रहेको तथा जस्तो सुकै पिंडामा परेको मानिस देख्न सक्दैनन र हरतरहले उनिहरूको समस्या सामधान गर्न लागि पर्छन ।
उनले बच्चा ठुला गरेर ४१ वटा बेवारिसे लासहरूको पशुपति अार्य घाटमा अाफ्नै खर्चमा सत्गत पनि गरिसकेका छन ।
धेरै बेबारिसे असाहायहरूको अाफ्नै पहलमा अाफै कुरूवा बसेर निशुल्क उपचार पनि गराइरहेका छन । कति उपचाार पछि घर फर्किए भने कतिको उचित व्यवश्थापन गराइ दिएका विनयले तराइमा अाएको बाढिको पिंडा कहाँ सहन सक्थे र अहिले उनि रिन खोजेरै भए पनि राहत सामाग्री बोकेर संश्थाकि सहसचिव पवित्रालामा लगायत केहि समाजसेवि साथिहरूका साथ तराइका बाढि पिडितहरूका घाउमा मलम लगाउन तथा उनिहरूका अासु पुछिदिन पुगेका छन । उनि कोहि संग पनि म यस्तो काम गर्दैछु सहयोग गरिदिनु पर्यो भन्दैनन उनलाइ अाफैले बुझेर केहि मानिसहरूले केहि मात्रामा सहयोग गरे पनि धेरै जसो काम हरू उनि रिन खोजेर भएपनि अाफ्नै खर्चमा गर्छन । विनय भन्छन म सबै कुरा गुमाउन तयार छु तर कोहि पनि साहारा बिहिन भएको देख्न सक्दिन उसको उचित व्यवश्थापन गर्न म हर तरहले लागिरहन्छु थप स्पष्ट पार्दै उनले भने एक सोचले मानिसको जिवन परिवर्तन गर्छ यि बेवारिसे भनिएका हरूको अब हामि हुनु पर्छ ।

सम्बन्धित समाचार
धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष अधिकारी द्धारा कार्यसमितिको पदभार ग्रहण सम्पन्न
काङ्ग्रेस नेतृ पबित्रा लामा र उनकी दिदि रेखाद्वारा खाद्यान्न वितरण
भूकम्प गएको पाँच वर्षपछि मात्र बस्ती हस्तान्तरण
फेशन डिजाईनर गोमा अधिकारी धिताल द्वारा राह्त सहयोग
सुशान्त सिंह राजपुतको पोस्टमार्टम रिपोर्टमा गडबडी ! डाक्टरकै मिलेमतोको आशंका
इ.आर.सी मार्फत राहत वितरण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु




