दशैंमा पनि बैंक खुल्ने, अबदेखि मसान्तमा विदा परे खुलाउनुपर्ने
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सबै बैंक तथा बित्तीय संस्थाहरुलाई दशैं अवधिमा परेका सार्वजनिक विदाहरुमा समेत बैंक खुल्ला राख्न निर्देशन दिएको छ ।
केन्द्रीय बैंकको बैंक तथा बित्तीय संस्था नियमन विभागले एक निर्देशन जारी गर्दै राजश्व बापत प्राप्त हुने चेक क्लियरिङको प्रयोजनका लागि घटस्थापना(असोज ५ गते)देखि नवमी र दशमी बाहेकका दशैंका सबै विदाहरुमा बैंक खुल्ला राख्न भनेको हो ।
राष्ट्रबैंकले असोज ७, ११, १२, १५ र १६ गते पनि बैंकहरु खोल्न निर्देशन दिएको छ । दशैंको नवमी(असोज १३) र दशमी(असोज १४) गते भने बैंकहरुको काउण्टर खुल्ने छैन ।
साथै, अबदेखि महिनाको अन्तिम दिन(मसान्त) शनिवार वा सार्वजनिक विदा परे पनि राजश्व बुुझ्ने प्रयोजनका लागि बैंकहरु खुलाउनुपर्ने नियम समेत लागूू गरिएको छ ।
अर्थमन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाले असोज १ गते राष्टबैंकलाई बैंक काउण्टर खुल्ला राख्ने बिषयमा एक परिपत्र गरेको थियो ।
सोही परिपत्रलाई कार्यान्वयन गर्दै राष्ट्रबैंकले दशैंविदा र महिनाको अन्तिम दिन शनिवार वा अन्य सार्वजनिक विदा परेमा राजश्व संकलन गर्ने सबै बैंक तथा बित्तीय संस्थाहरु र राजश्व बापत प्राप्त हुने चेक क्लियरिङ गर्ने प्रयोजनका लागि अन्य बैंक तथा नेपाल क्लियरिंग हाउस खुल्ला राख्न निर्देशन दिएको हो ।
बिज शाला
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट



