Jankari Kendra
३ भाद्र २०८३, बुधबार
Worldlink

प्रदेश नं. २ को राजधानी सर्लाहीमा हुनुपर्ने माग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, कार्तिक, ११
प्रदेश नं. २ को राजधानी सर्लाहीमा हुनुपर्ने माग

अनवर अहमद : मलंगवा,सर्लाही ११ कार्तिक । प्रदेश नं. २ को राजधानी सर्लाहीमा हुनुपर्ने माग सर्लाहीवासीले गरेका छन ।प्रदेश नं.२ को राजधानी जनकपुर वा बिरगंजमा राखिने भन्ने चर्चा चलिरहेको बेला सर्लाहीबासीले प्रदेशको राजधानी सर्लाही मै राखे उपयुक्त हुने बताएका छन ।सर्लाहीको मलंगवा नगरपालिका मा राजधानी निर्माण संघर्ष समितिदृारा आयोजित बृहत छलफल कार्यक्रममा उपस्थित बक्ताहरुले प्रदेशको राजधानी सर्लाहीमै राखे उपयुक्त हुने सुझाएका थिए ।
प्रदेशको केन्द्र विन्दुमा पर्ने सर्लाही,राजधानी को लागि अति उत्तम र भविष्यमा सेवाग्राहीको लागि सुगम समेत हुने बताइएको थियो । सर्लाहीमा रहेको हजारौ विघा सरकारी (ऐलानी) खाली जग्गा समेत प्रयोगमा ल्याउन सकिने वक्ताहरुले भनेका थिए ।>त्यस्तै विभिन्न अधिकारको आन्दोलनमा सर्लाहीबासी अग्रस्थानमा रहिआएकोले,प्रदेशको राजधानी सर्लाहीमा राखे मधेश आन्दोलनमा शहिद भएका शहिदहरु तथा तीनका परिवारजनमा पनि आन्दोलनको प्रतिफल प्राप्त हुने सर्लाहीवासीको ठम्याई रहेको थियो ।
छलफल कार्यक्रममा सर्लाहीको २० औं स्थानीय तह नगरपाललिका तथा गाउपालिकाका प्रतिनिधिहरु,राजनितिककर्मी,नागरिक समाज,स्थानीयवासी तथा संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा राजधानी निर्माण समिति सर्लाहीका संयोजक बख्तियार अलिले भोली देखि नै जिल्ला भरिमा प्रदेश नं.२ को राजधानी सर्लाहीमा हुनु पर्ने माग सहित हस्ताक्षर अभियान चलाईने र सरकारले यदि हाम्रो जायज माग लाई बेवास्ता गरे समितिले चरणबद्ध रुपमा आन्दोलन गर्ने बताउनुभयो ।

Top Changing Nepal

युट्युब सट्स