Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

म्याग्दिका दिपक बोगटिले भूकम्पपीडितलाइ यसरी गरे करिव एक करोड रुपैयाँ बराबरको सहयोग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, असार, १३
म्याग्दिका दिपक बोगटिले भूकम्पपीडितलाइ यसरी गरे करिव एक करोड रुपैयाँ बराबरको सहयोग

मलेसियामा ब्यवसाय गरिरहेका एक नेपालीले भूकम्पपीडित नेपालीलाई करिव एक करोड रुपैयाँ बराबरको राहत सामाग्री प्रदान गरेका छन् ।
१५ वर्षदेखि मलेसियामा ब्यवसाय गरिरहेका म्याग्दी रत्नेचौरका दीपक बोगटीले करिव एक करोड रुपैयाँ बराबरका कम्बल भूकम्पपीडितका लागि प्रदान गरेका हुन् ।उनले पठाएका ३७२० थान कम्बल सोमबार प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको छ ।
‘नेपालमा भूकम्प गएको भोलीपल्टै म आफै चीन गएर ब्ल्याङ्केट अर्डर गरेर नेपाल पठाएको हुँ’ बोगटीले भने- नेपाल आइपुग्न र प्रशासनिक प्रक्रिया पुरा गर्न झण्डै दुई महिना लाग्यो ।’मलेसियामा समेत ब्ल्याङ्केट विजनेस गरिरहेका बोगटीले आफ्नो क्षमताले भ्याएअनुसार मातृभूमीलाई सहयोग गरेको बताए ।कसैको सहयोगविना आफ्नै खल्तीको पैसा खर्च गरेर भूकम्प पीडितका लागि सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए ।
‘हुनेले नहुनेलाई र सक्नेले नसक्नेलाई सेवा गर्नुपर्छ भनेर मेरा बुबाबाट सिकेको थिएँ’ उनले भने- मातृभूमीलाई दुःख पर्दा मेरो कमाईको सानो हिस्सा सहयोग गर्न पाउनु मेरो सौभाग्य हो ।’विदेशमा आर्जन गरेको पूँजी र सीपलाई मातृभूमीप्रति सर्मर्पित गर्न आफुलाई गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको कदमले पनि उत्साहित तुल्याएको बोगटीले बताए ।

naima expoTop Changing Nepal

युट्युब सट्स