अब चेक नकाटी तुरुन्तै पैसा भुक्तानी गर्न सकिने, यसरी गर्न सकिन्छ
भदौ २९, काठमाडौँ | नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस) को औपचारिक सुरुआत भएको घोषणा गरेको छ। यो प्रणाली लागू गर्नका लागि राष्ट्र बैंकले २८ वटै वाणिज्य बैंकसँग सम्झौता गरेको छ। आइतबार गभर्नर डा. चिरञ्जिवि नेपाल र लण्डनका मेयर पिटर एलस्टिनले संयुक्त रुपमा यो प्रणालीको उद्घाटन गरे। यो प्रणाली कार्यान्वयनमा आएसँगै २ लाखभन्दा बढी रकम भुक्तानीमा चेक काट्नुपर्ने बाध्यता अन्त्य भएको छ । २ लाख मुनिको रकम भुक्तानीका लागि भने चेक काट्नुपर्नेछ ।
अब एक व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा संस्थालाई रकम भुक्तानी गर्नुपरेको खण्डमा भुक्तानी गर्नेले सामान्यः फारम भरेर रकम भुक्तानीका लागि आग्रह गरेपछि पाउनेले एकै क्षणमा बैंक खातामा भुक्तानी पाउनेछ।उदाहरणका रुपमा, ए नामको व्यक्तिले बीलाई १० लाख रुपैयाँ तिर्नुपर्नेछ। अब एले आफ्नो खाता भएको बैंकको शाखामा गई सामान्यः रिक्वेस्ट फारम भर्नुपर्नेछ। जुन फारममा बीको नाम, बैंक खाता, भुक्तानी रकम भरेर बुझाउनुपर्नेछ। फारम बुझाएलगत्तै बैंकले एको खाताबाट बीको खातामा रकम ट्रान्सफर गर्नेछ। बीले आफ्नो बैंक खातामा तुरुन्तै रकम प्राप्त गर्दछ। तुरुन्तै भुक्तानी हुने भएकाले यसलाई रियल टाइम ग्रस सेटलमेन्ट भनिएको हो।
हाल चेक क्लियरिङका लागि आज जम्मा गरेको चेक रकम प्राप्त गर्नेको खातामा भोलिपल्ट मात्रै जम्मा हुने गरेको छ। अर्कोतर्फ यो प्रणालीबाट भुक्तानी गर्दा क्लियरिङवापत लाग्ने शुल्क समेत कटौती हुनेछ। सो प्रणालीको उद्घाटन गर्दै गर्भनर नेपालले यो अन्तर्राष्ट्रियस्तरको प्रणाली भएको दावी गरे। यसले पारदर्शी कारोवार बढ्ने उनले बताए।केन्द्रीय बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा आरटिजिएस प्रणालीमार्फत गर्नुपर्छ। हालका लागि वाणिज्य बैंकहरुमा यो प्रणाली लागू भएको उनले बताए।
कार्यकारी निर्देशक मिश्रले भुक्तानी गर्ने खातावालले मेरो खाता यो बैंकका छ, खाता नम्बर यति हो र भुक्तानी गरिदिनु भनेपछि तत्कालै भुक्तानी हुने बताए। सामान्यतया एउटा चेक छाप्न ८० पैसासम्म खर्च लाग्ने गरेको छ। यो प्रणााली लागू भएपछि बैंकहरुलाई चेक छपाईवापत लाग्ने खर्च घट्नेछ।
सम्बन्धित समाचार
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

