Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

माओवादी केन्द्रद्वारा बादलसहित २३ जनालाई दल त्यागबारे २४ घन्टे अल्टिमेटम दिदै कारबाहीको तयारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, फाल्गुन, २९
माओवादी केन्द्रद्वारा बादलसहित २३ जनालाई दल त्यागबारे २४ घन्टे अल्टिमेटम दिदै कारबाहीको तयारी

काठमाडौं, २९ फागुन । नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा एमालेमा रहेका गृहमन्त्री रामबहादुर थापा बादलसहित २३ जनालाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेर २४ घन्टे अल्टिमेटम दिने निर्णय गरेको हो ।

२४ घन्टाभित्र दल त्याग गरेको या नगरेकोबारे स्पष्ट पार्न भनिएको छ । त्यसको जवाफ अनुसार कारबाहीमा जाने निर्णय भएको छ । दल त्याग गरेको भए सांसद भएकाहरुको पद स्वतः जानेछ । माओवादी केन्द्रबाट बादलका अलावा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी सांसद छन् । मन्त्री भएका उनीहरुले दल त्याग गरेको आधिकारिक जवाफपछि माओवादी केन्द्रले स्वतः सांसद पद खारेज गर्न पत्र लेख्न सक्छ । उनीहरुको सांसद पद नै खारेज हुने कानुनी व्यवस्था छ । यसैगरी स्थायी कमिटी सदस्य मणि थापालगायत अन्य केन्द्रीय सदस्यहरुमाथि पनि कारबाही हुन सक्छ । शुक्रबार नेकपा एमालेको ओली समूहको बैठकले माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय सदस्य बनाएको थियो । बादलले बागमती प्रदेश इञ्चार्जको जिम्मेवारी पाएका थिए । लेखराज भट्टले सुदूरपश्चिम र मणि थापाले कर्णाली प्रदेशको इञ्चार्जको जिम्मेवारी पाएका थिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स