शितलनिवासमा प्रधानमन्त्री ओलीको प्रस्ताव : संसद् विघटन गरौं, तत्काल चुनावमा जाऔं
काठमाडौं, ३ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ । आज (मंगलबार) अपरान्ह ४ बजे बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो संसद्ले निकास नदिने भन्दै प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने प्रस्ताव राखेका थिए । प्रधानमन्त्रीले ‘यो संसदले निकास दिन सकेन, संसद् विघटन गरौं । निर्वाचनबाटै समस्याको समाधान खोजौं’ भन्ने धारणा राखेका एक नेताले जनाए । यसअघि पनि आफूले निकास ननिस्किने देखेर नै संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेको प्रधानमन्त्री ओलीको स्पष्टोक्ति थियो ।
शिलतनिवासमा सर्वदलीय बैठक सुरु, को–को पुगे ?
बैठकमा सहभागी जनतामा समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार आजको बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति विमलेन्द्र निधिले राष्ट्रपति भण्डारीको भूमिका तटस्थ हुन नसकेको भनेर उनकै सामू आलोचना गरेका थिए । र, नेताहरुले राष्ट्रपति भण्डारीको यही चैत्र ९ र १० गते हुने बंगलादेशको दुई दिने भ्रमणको सफतालको शुभकामना दिएका थिए । आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने नबोलेको बुझिएको छ ।
सम्बन्धित समाचार
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


