सर्वदलीय बैठक सम्पन्न, सहमति र सहकार्यका साथ अघि बढ्न नेताहरुलाई राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ । शितलनिवासमा आयोजित उक्त सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले दलहरु मिलेर अघि बढ्नुपर्नेमा जोड दिएकी छिन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र एमाले नेता सुवास नेम्वाङ सहभागी थिए । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी र महामन्त्री डा. शशांक कोइाराला सहभागी थिए । उता, नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ र नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ थिए । जसपा नेपालबाट अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव, र नेता राजेन्द्र महतो सहभागी थिए । त्यस्तै, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र राप्रपाबाट डा. प्रकाशचन्द्र लोहनी, नेमकिपाबाट प्रेम सुवाल र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी सहभगाी थिए ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

